हेटौंडा: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याउन लागेको गुठी सम्बन्धी बिधेयक कुनै पनि हालतमा पास हुन नदिने बताएका छन् ।
उनले गुठी नेपालको साँस्कृतिक सभ्यता भएको बताउँदै जनताको कांग्रेस जनताको पक्षमा लाग्ने र सांसदबाट पास हुन नदिने बताए ।
उनले दुई तिहाइको दम्भमा सरकार अघि बढिरहेको भन्दै धेरै कुरामा बन्देज लगाउन खोजे पनि कांग्रेस कुनै पनि हालतमा चुपलागेर नबस्ने चेतावनी दिए ।
लोकतन्त्रमा सरकारले प्रेसमाथि आक्रमण गरेको भन्दै सभापति देउवाले अघि भने, ‘एउटा स्वतन्त्र सँस्थालाई अंकुश लगाउनका लागि सरकारले बिधेयक ल्याउँदै छ । कांग्रेस कहिले पनि त्यसको पक्षमा रहँदैन ।’
हेटौंडामा नेपाल साँस्कृतिक संघको प्रशिक्षण भेलालाई सबोधन गर्दै पार्टी सभापति देउवाले स्वतन्त्र सँस्थाहरुको अधिकारलाई खोस्ने पक्षमा सरकार देखिएको आरोप लगाए ।