काठमाडौँ: तीन जनाको ज्यान जाने गरी जेठ १२ मा सुएकेधरामा भएको बिस्फोटका एक घाइतेको शनिबार मृत्यु भएको छ। चाबहिलको ओम अस्पतालमा उपचारत रामेछापको मन्थली ४ का रामकुमार श्रेष्ठको हिजो मृत्यु भएको हो।
यो संगै सुकेधारा र घट्टेकुलो बिस्फोटमा मृत्यु हुनेको संख्या ५ पुगेको छ। घट्टेकुलोमा पनि प्रज्वल शाहीको मृत्यु भएको थियो। घटनामा कालिकोटको सानित्रिबेनी गाउँपालिका ९ का बिभुराम भनिने दिपिन बिक, दाङ्गको बबई गापा३ का गोकुल रानामगर, निरन्तर मल्ल र शाहीको मृत्यु भएको हो।
घट्टेकुलो, सुकेधारा र थानकोटमा भएको विस्फोटमा परी घाइते भएका नेत्र बिक्रम चन्द बिप्लव समुहका चार कार्यकर्ताको अहिले पनि विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
