काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत शेयरहरूको चुक्ता मूल्य २०७५ चैत मसान्तमा ४०७ अर्ब ६४
करोड पुगेको छ ।
आर्थिक वर्ष २०७५÷७६ को नौ महिनामा रु.२३ अर्ब ६० करोड बराबरको साधारण शेयर, रु.८ अर्ब ५९ करोड बराबरको हकप्रद शेयर, रु.१५ अर्ब ०२ करोड बराबरको बोनस शेयर र रु.३५ करोड १७ लाख बराबरको डिबेन्चर गरी कुल रु.४७ अर्ब ५७ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०७५ चैत मसान्तमा २०७ रहेको छ । सूचीकृत कम्पनीहरूमध्ये १५० वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने १९ वटा उत्पादन र प्रशोधन उद्योग, २६ वटा जलविद्युत्कम्पनी, ४÷४ वटा होटल तथा व्यापारिक संस्था र ४ वटा अन्य समूहका रहेका छन्।