काठमाडौँ: काठमाडौंको पाँचतारे होटल हायातले सेवा सुविधा बन्द गरेको छ। होटल सञ्चालक तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले सार्वजिनक सुचना जारी गर्दै होटल बन्द भएको जानकारी गराएको हो।
होटलमा कार्यरत मजदुरहरुले माग पुरा गराउन हडतालमा उत्रिएपछि होटलको सबै सेवा बन्द गरिएको कम्पनीले जानकारी दिएको छ। नेपाल स्टक एक्सचेन्ज मार्फत् कम्पनीले मजदुर आन्दोलनका कारण सबै सेवा र सुविधा दिन असमर्थ रहेको जानकारी गराएको छ।
तर मजदुरहरुले भने व्यवस्थापनले पहिले नै प्रतिबद्धतता जनाइसकेका मागहरु पूरा नगरेकाले दबाबमा उत्रिन बाध्य पारिएका बताएका छन्।
होटलमा कार्यरत मजदुरहरु गएको पाँचदिनदेखि आन्दोलनमा उत्रिएका छन्। सेवा सुविधा र सम्ममानपूर्वक काम गर्ने वातावरणको माग गर्दै मजदुरहरु आजदेखि हडतालमा उत्रिएको आधिकारीक ट्रेड युनियनका अध्यक्ष मुक्ती दाहलले जानकारी दिए।