काठमाडौँ: राष्ट्रिय वाणिज्य बैंक र नेको इन्स्योरेन्स बीच बिहिबार बैंकास्योरेन्स सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र नेको इन्स्योरेन्सका प्रमुख प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिलाले हस्ताक्षर गरेको राष्ट्रिय वाणिज्य बैंकले जनाएको छ ।
उक्त सम्झौता भएपश्चात राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरुले आफ्नो धितो तथा अन्य सम्पत्तिहरुको बीमा नेको इन्स्योरेन्स लिमिटेडबाट गर्न सक्ने छन् । बैंकको हाल ७४ जिल्लामा २०४ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।
गत आ.व.को आषाढ समान्तसम्म बैंकले १ खर्व ६८ अर्व निक्षेप रुपैयाँ संकलन गरी १ खर्व २१ अर्व कर्जा लगानी गरेको छ ।