काठमाडौँ: सामाजिक सामुदायिक कार्यक्रम अन्र्तगत कृषि विकास बैंकले मदनवाटीका पार्क महादेवस्थान कोटेश्वर काठमाडौलाई १५० थान डस्वीन प्रदान गरेको छ
बैंकको क्षेत्रिय कार्यालय काठमाडौबाट आयोजित कार्यक्रममा पूर्व कानून मन्त्री तथा महान्यायाधिवक्ता अग्नि खरेल र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय उक्त १५० थान डस्वीन उपभोक्ता समितिलाई संयूक्त रुपमा हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा खरेलले आफ्नो नगर÷टोल लाई सुरक्षीत बनाउने दायित्व तहां बस्ने नागरीकको पनि भएकोले हामीहरुले आफनो घर वरीपरी सरसफाई गर्ने बानी बसाल्यौ भने भोली टोल सफा हुन्छ, टोल सफा र सुरक्षीत हुंदा हामीहरुको सोचमा सकरात्मक परिवर्तन भै उत्कृष्ठ समाजको रुपमा हामी हाम्रो टोललाई चिनाउन सकिने बताए ।
यसरी टोल,नगर र पार्क सरसफाई गर्ने काममा कृषि विकास बैंकले गरेको योगदानको कदर गर्दै बैंकको प्रगतीको लागि शुभकामना व्यक्त गरे ।
कार्यक्रमका बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायलेनेपाली जनताको आर्थिक स्तर उकास्न तथा देशमा आर्थिक समृद्धी ल्याउन कृषि विकास बैंक लगिपरेको बताए ।
उनले ५२ बर्ष अगाडी कृषकहरुको आर्थिक सम्बृद्धी का लागि स्थापीत कृषि विकास बैंकले हाल आधुनिक प्रविधी मार्फत नेपालको कुल जनसंख्याको २५ प्रतिशत जनताहरुलाई आधुनिक तथा भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको बताए ।
नेपालमा सबैभन्दा बढि शाखा सञ्जाल भएको तथा बृहत पूँजि भएको यस बैंकले दुरदराज मा रहेका आम किसानहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको तथा उनिहरुको क्षमता बृद्धि का लागि बिभिन्न बित्तिय साक्षरता एबम् तालिमहरुका साथसाथै यस्तै प्रकृतिका सेवामुलक कार्यहरु पनि निरन्तररुपमा गर्दै आईरहेको समेत उनले बताए ।
एकिृत उपक्तासमितिका अध्यक्ष मदन सिवाकोटी र सामुदायिक विकास समितिका अध्यक्ष सुमित्रा खरेलले कृषि विकास बैंकले पुराएको सहयोगको सराहना गरी बैंकको उच्च प्रगतिको सुभकामना दिए ।
उक्त कार्यक्रममा कृषि विकास बैंक का.मु.उप–महाप्रबन्धक प्रताप सुवेदी, क्षेत्रिय कार्यालय काठमाडौका का.मु.निर्देशक करुण चन्द्र घिमिरे, का.मु. निर्देशक अनिल यादव, का.मु. विभागीय प्रमुख अजय रिमाल , मुख्य शाखा प्रबन्धक श्री गोकुल पनेरु , बैंकका प्रवक्ता हिमलाल पौडेल, बजार शाखा व्यवस्थापनका शाखा प्रमुख महेश्वर मरहठा, का.मु. प्रबन्धक यादव पोखरेल, खेटराज दहाल लगायतका अन्य कर्मचारीको समेत उपस्थिती रहेको थियो