काठमाडौँ: आयोजक इंग्ल्याण्ड जारी विश्वकप क्रिकेटको सेमिफाइनलमा १९९२ पछि पुग्न सफल भएको छ। घरेलु मैदान चेस्टर-लि स्ट्रिटमा भएको ४१ औं खेलमा आयोजक इंग्ल्याण्डले किवी नामले चिनिने न्यूजिल्याण्डलाई ११९ रनले पराजित गरेको हो।
४५ ओभरमा १८६ रन बनाउंदै सबै खेलाडी गुमाएको किवीले इंग्ल्याण्डको कसिलो बलिङ्गसामु टिक्न नसक्दा हारको बाटो समात्नु पर्यो। इंग्ल्याण्डका जेमी ब्रेस्टो म्यान अफ दी म्याच बने। उनले १०६ रनको योगदान गरे।
न्यूजिल्याण्डको सेमिफाइनल खेल खेल्ने सम्भावन भने अझै सकिएको छैन किनभने शुक्रबार हुने पाकिस्तान र बंगलादेशबीचको खेलले उसको भाग्यको फैसला गर्नेछ।
न्यूजिल्याण्ड सेमिफाइनल नपुग्न पाकिस्तानेल बंगलादेशलाई ३१६ रन अन्तरले हराउनु पर्ने हुन्छ जसमा पाकिस्तानले ४०० माथिको उच्च स्कोर बनाउनु पर्ने हुन्छ। नत्र भने पाकिस्तान सेमिफाइनल पुग्न सक्दैन र न्यूजिल्याण्डलाई बाटो खुला हुन्छ।