काठमाडौं: आँधिखोला लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणको लागि तीन लाख ७५ हजार कित्ता प्राथमिक शेयर निष्कासन गरेको छ।
संस्थाले सर्वसाधारणतर्फको चार लाख कित्तामध्ये पाँच हजार कित्ता कर्मचारी र २० हजार कित्ता सामुहिक लगानीकोषका लागि सुरक्षित गरेको छ। सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम दुई हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन्।
संस्थाले छिटोमा असार २५ गतेसम्म र पहिलो चरणमा बिक्री नभए ढिलोमा साउन २० गतेसम्म आवदेन खुला गर्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ।
आँधिखोलाले आइपीओबाट आएको रकममध्ये २ करोड रुपैयाँ पशुपालन तथा कृषि कर्जा, १ करोड रुपैयाँ खुद्रा व्यापार तथा सेवा कर्जा र १ करोड रुपैयाँ साना तथा घरेलु कर्जामा उपयोग गर्ने योजना बनाएको छ ।
चालु आर्थिक वर्षको अन्त्यसम्म १ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाउने कम्पनीको प्रक्षेपण छ ।