काठमाडौँ: आउँदो आइतवारभित्र ठूलो परिमाणमा लाइसेन्स छाप्ने ‘मास प्रिन्टर’ आइपुग्ने भएको छ।
लाइसेन्स छाप्ने जिम्मा पाएको मद्रास प्रिन्टरसगँ अप्रिल ३० मा ७५ दिनमा मास प्रिन्टर ल्याउने गरि सम्झौता भएकोले २९ गतेभित्र मास प्रिन्टर आइपुग्ने यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जानकारी दिए।
‘प्रिन्टर आएपछि टेक्निकल इरर आएन भने इन्स्टल गर्न १५ दिन र अन्य व्यवस्थापन मिलाउन १५ गरी १ महिनाभित्र छपाइमा जान्छौँ,’ दाहालले भने ।
अहिले ल्याउन लागिएको ‘मास प्रिन्टर’ले दैनिक ८ हजार र मासिक २ लाख ४० हजार लाइसेन्स छप्न सक्ने दाहालले जानकारी दिए।
हाल प्रकृया पूरा गरेका ६ लाख चालकले रसिदकै भरमा सवारी चलाइरहेका छन्। विभागको योजना अनुसार नै काम भयो भने ३ महिनाभित्रै सम्पूर्ण ‘व्याक लक’ हटेर सेवाग्राहीले समयमा लाइसेन्स पाउनेछन्।