काठमाडौँ: आयोजक इंग्ल्याण्डले विश्वकप क्रिकेटको उपाधि जितेको छ।
म्याच बराबरीमा सकिएपछि सुपर ओभरमा खेलाइएको खेलमा आयोजक इंग्ल्याण्डले १६ रनको चुनौती न्युजिल्याण्डलाई पेश गरेकोमा उसले १५ रन मात्रै बनाउंदा आयोजक इंग्ल्याण्ड एक रनले मात्रै बिजयी भएको हो।
‘वान-ओभर एलिमिनेटर’ निर्णयको आधारमा (अर्थात सुपर ओभरमा बढी बाउन्ड्री) हिर्काउनेको जितको आधार नतिजा घोषणा गरिएको हो।
न्युजिल्याण्डले पेश गरेको २४२ रनको चुनौती इंग्ल्याण्डले आफ्नो सबै विकेट गुमाउंदै २४१ अर्थात बराबर रन जोड्यो जसका कारण खेल सुपर ओभरमा पुगेको हो।
४४ वर्षसम्म पदक विहिन रहेका दुवै टोलिलाई यो विश्वकप जित्न उत्तिकै महत्त्वपूर्ण थियो। यो इंग्ल्याण्डको एतीहाँसिक पहिलो विश्वकप क्रिकेट जित हो।
इंग्ल्याण्ड यसघि पनि १९७९, १९८७, र १९९२ मा फाइनल पुगेर पनि उपाधि जित्न असफल रहेको थियो। पहिलो विश्वकप क्रिकेट १९७५ मा हुँदा इंग्ल्याण्डका कप्तान माइक डेनेस थिए ।
