काठमाडौं : नेपाल राष्ट्र बैंकले हालै गएको बाढी पहिरोका कारण कर्जाको साँवा र ब्याज तिर्ने समय १५ दिन थप गरिदिएको छ । यसबाट ऋणीलाई केही सहज हुने भएको छ । यसअघि आर्थिक वर्ष समाप्त भएको १५ दिन (साउन १५ गतेसम्म) भित्र तिर्दा हुने व्यवस्था थियो ।
अब १५ दिन समय थपेपछि साउन महिना सम्म समय पाइने भएको छ । यसअघि बैंकहरुले साउन १५ सम्म कर्जा असुली नभएमा केन्द्रीय बैंकको प्रावधान बमोजिम नियामकीय कोषमा जम्मा गर्नुपर्ने व्यवस्था थियो । यसबाट बैंक तथा वित्तीय संस्था र ऋणी दुवैलाई राहत पुग्ने भएको छ ।
Facebook Comments Box
