काठमाडौँ: नेपाल राष्ट्र बैँकले आषाढ मसान्तभित्रमावाणिज्य बैँकलाईबुझाउनु पर्ने व्याज र साँवाबुझाउने समय एक महिनाथप गरेकोमा नेपाल उद्योग परिसंघले सह्राहना गरेको छ ।
नेपाल उद्योग परिसंघले आगामी मौद्रिकनीतिको सन्दर्भमा केही समय अघि राष्ट्र बैँक समक्ष प्रस्तुत गरेको सुझावमा तरलता व्यवस्थापनका लागि कर तथा व्याज भुक्तानीको समय फरक–फरक गर्न सुझाव दिएको थियो ।
उक्त सुझाव प्रस्तुतका क्रममा कर तथा व्याज भुक्तानीको समय फरक–फरक गरी समय बढाउन तत्काललिन कार्यवाहक गभर्नर एवं राष्ट्र बैँकको सकारात्मक धारणा रहेको थियो ।
Facebook Comments Box