काठमाडौँ: सरकारले साझा यातायातलाई विद्युतीय बस खरिद गर्नका लागि तीन अर्ब रुपैयाँ दिने भएको छ।
भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय र साझा यातायात सहकारी संस्थाबीच विहिबार सम्झौतापत्रमा हस्ताक्षर हुँदैछ। मन्त्राललयका सहसचिव राजेश्वर ज्ञवालीका अनुसार साझा यातायातलाई विद्युतीय बस खरिदका लागि यो रकम दिइएको हो। मन्त्रीपरिषदको बैठकले नै साझा यातायातलाई विद्युतीय बस खरिद गर्नका लागि दिने निर्णय गरेको हो।
मन्त्रीपरिषदबाट नै विद्युतीय सवारी साधनलाई प्रवर्द्धन गर्ने भन्दै तीन सय विद्युतीय बस खरिद गर्ने निर्णय भएको थियो। भौतिकमन्त्री रघुवीर महासेठलाई विद्युतीय बस खरिद गरेर संचालन गर्ने जिम्मेवारी दिएको थियो।
मन्त्रालयले अधिकार सम्पन्न यातायात प्राधिकरणमार्फत विद्युतीय बस संचालन गर्ने योजना बनाएको थियो।वैशाखबाट नै प्राधिकरणमार्फत विद्युतीय बस संचालन गर्ने भनिएपनि अहिलेसम्म संचालनमा आउन सकेको छैन्।