काठमाडौं : सुत्केरीको मृत्युपछि थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल तनावग्रस्त बनेको छ ।
सुत्केरी हुन प्रसूति गृह भर्ना भएकी ३८ वर्षे कल्पना तामाङको मृत्यु भएको छ ।
उनीसंगै पेटमा भएको बच्चाको पनि मृत्यु भएपछि मृतकका आफन्तले अस्पताल प्रशासनविरुद्ध नाराबाजी गरेका छन । जसका कारण तनाव बढेको हो ।
सुत्केरीको शल्यक्रिया गरेर बच्चा निकाल्नुपर्ने भनेर गत मंगलबार भर्ना गरीएको तर हिजो बुधबार अचानक अस्पतालले उनलाई मृत घोषणा गरेको आफन्तले बताएका छन् ।
तनाव बढेपछि अस्पतालमा प्रहरी परिचालन गरिएको छ। अहिले अस्पताल प्रशासन र आफन्तबीच वार्ता भइरहेको छ । आफन्तले बच्चाको अवस्था पनि अज्ञात रहेको भन्दै गुनासो गरेका छन ।
उनीहरुले अस्पतालले सुत्केरीको शल्यक्रियामा लापरवाही गरेको आरोप लगाउँदै क्षतिपुर्तिको माग गरेका छन ।