काठमाडौं :साताको छौटौ दिन शुक्रबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ ।
मंगलबार र बुधबार स्थिर रहेको सुनको मुल्य हिजो बिहीबारदेखि उकालो चढेको हो । बिहिबार तोलामा ५ सय रुपैया बढेको सुनको मूल्य आज शुक्रबार फेरी तोलामा ५ सय रुपैयाले बढेको छ ।
आज छापावाल सुन प्रतितोला ६५ हजार ५ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, तेजाबी सुन प्रतितोला ६५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, मंगलबार र बुधबार चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको थियो भने बिहिबार चाँदी तोलामा ४० रुपैयाले बढेर प्रतितोला ७ सय ६५ रुपैयामा कारोबार भएको थियो भने आज तोलामा ५ रुपैयाले बढेर प्रति तोला ७ सय ७० रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अमेरिकाको फेडरल बैंकले बैंक ब्याजदर घटाउँदा लगानीकर्ताहरु बैंकबाट सुनतिर लगानी गर्नथालेपछि सुनको मुल्य एकैदिन प्रतिऔंस २० डलर बढन गएको छ । जसका कारण नेपाली बजारमा एकैदिन सुनको मुल्य ५०० रुपैयाँले बढेको हो ।
