मोरङ : रोजगारीको प्रलोभन देखाई भारततर्फ लैजाँदै गरेको अवस्थामा ११ जनाको उद्धार गरिएको छ ।
मोरङ उर्लाबारी नगरपालिका ४ बस्ने २६ वर्षीय करन लिम्बु सहित ११ जनालाई बिहीबार राति प्रहरीले उद्दार
गरेको हो ।
उनीहरुलाई भारततर्फ लैजाने कार्यमा संलग्न मोरङ उर्लाबारी नगरपालिका ४ बस्ने ४८ वर्षीय फुर्का उराम, ४५ वर्षीया फुल कुमारी उराम र सुनसरी हरिनग्रा गाउँपालिका ७ बस्ने ४०
वर्षीय हफिज अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा विभिन्न प्रलोभनमा पारी केही व्यक्तिहरूलाई भारततर्फ लाँदै गरेको भन्ने सुराकीका आधारमा त्यहाँ खटिएको प्रहरीले उनीहरुको उद्दार गरी अभियुक्तहरुलाई पक्राउ गरेको
हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।