काठमाडौँ: माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ठाडो सुरुङमा २७.५ मीटर पेनस्टक पाइप जडान गरिएको छ।
आयोजनाको सबैभन्दा जटिल मानिएको तल्लो ठाडो सुरुङमा २० मिटर र माथिल्लो ठाडो सुरुङमा ७.५ मीटर पेनस्टक पाइप जडान गरिएको हो।
लामो समयको प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा गत १ असार र माथिल्लो सुरुङमा ९ असारबाट पेनस्टक पाइप जडान सुरु गरिएको थियो। ३७२ मीटर लामो तल्लो पेनस्टक साफ्टमा ५ मीटर लम्बाइ र २७ टन तौल भएका अब ७० वटा पाइप जडान गर्न बाँकी छ। माथिल्लो पेनस्टक साफ्टको लम्बाई ३१० मीटर हो।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवं आयोजनाको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष कुलमान घिसिङले आइतबार निर्माणस्थलको निरीक्षण गरी पछिल्लो पटक तय गरिएको समयतालिका भित्रै र गुणस्तरमा निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीहरुलाई निर्देशन दिएका छन्।माथिल्लो तामाकोसी