काठमाडौं : वोमी लघुवित्त वित्तीय संस्थाको शतप्रतिशत हकप्रद सेयर आज बिहीबारदेखि बिक्री खुला भएको छ ।
यो लघुवित्तले हाल कायम १० करोड १० लाख ८८ हजार रुपैयाँ चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।
यस हकप्रद सेयरमा आउने भदौ ११ गतेसम्म आवेदन दिन सकिने छ ।
कम्पनीले हकप्रद सेयर निष्कासनका लागि असार २७ गते बुक क्लोज गरेको छ ।
तर, नागरिक लघुवित्तसँग मर्जर प्रक्रियामा रहेका कारण फागुन २६ गतेदेखि वोमीको सेयर कारोबार बन्द छ ।
फागुन २५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रद भर्न सक्नेछन् ।
यसको बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ ।
लगानीकर्ताले वोमीको केन्द्रीय कार्यालय भरतपुर चितवन, सिद्धार्थ क्यापिटल नक्साल र सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् ।
हकप्रद बिक्रीपछि चुक्ता पुँजी २० करोड २१ लख ७६ हजार रुपैयाँ पुग्नेछ ।
गत आर्थिक वर्षको अन्त्यसम्म यस लघुवित्तले ६ करोड २७ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
यसको प्रतिसेयर आम्दानी ६२ रुपैयाँ ८ पैसा र नेटवर्थ २४२ रुपैयाँ ६६ पैसा छ ।