काठमाडौं ः महानगरिय प्रहरी वृत्त गौशाला काठमाडौंका प्रहरी नायब निरीक्षकद्धय रमेश बहादुर पाण्डे र राजु स्वर्णकार घुस रकमसहित पक्राउ परेका छन ।
उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयबाट खटिएका कर्मचारीले पक्राउ गरेको हो ।
उनीहरुले सार्वजनिक मुद्दामा केश चाँडै मिलाएर पठाइदिने भनी सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा सेवाग्राहीसँग अठार हजार घुस वापतको रकम लिइसकेको अवस्थामै पक्राउ गरिएको हो ।
काठमाडौं महानगरपालिका वडा नं। ८ स्थित मिथिला काबेली यातायात सेवा प्रा।लि। र अनलाइन डिलक्सको टिकट काउन्टरको अफिस अगाडिको सार्वजनिक सडक किनाराबाट रकम लिइरहेको अवस्थामा नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।