काठमाडौं : कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तलाई न्याय माग्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आज राजधानीमा प्रदर्शन गरेको छ ।
हत्याको १ वर्ष गुज्रिसक्दा पनि दोषी पत्ता लगाउन नसकेको भन्दै नेविसंघले त्यसको वार्षिकीका अवसरमा शुक्रबार बिहान काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।
प्रदर्शनकारी ले गृहमन्त्री विरुद्ध नाराबाजी गर्दै राजीनामा माग गरेका छन ।
प्रदर्शनका क्रममा सहभागीहरूले ‘निर्मलाले न्याय कहिले पाउँछिन् ’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।
निर्मलाको ०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो । हत्यापछि यसको छानबिनका लागि विभिन्न समितिहरू बनेका थिए ।
तर, हत्याको १ वर्ष गुज्रिसक्दा पनि हत्यारा पत्ता लाग्न सकेको छैन । जसका कारण सरकार आलोचित बन्दै आइरहेको छ ।