काठमाडौं : लागूऔषध सहित पक्राउ गर्ने क्रममा फरार भएका एक जनालाई आज नियन्त्रणमा लिइएको छ ।
काठमाडौं बौद्ध बस्ने नुवाकोट तारकेश्वर गाउँपालिका ९ घर भएका २३ वर्षीय कृष्ण श्रेष्ठलाई आज शुक्रबार बिहान महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका ९ गौशाला बसपार्कस्थित जनकपुर गेष्ट हाउसबाट गत साउन ५ मा करिब ३ केजी अवैध लागूऔषध गाँजा सहित फेला पारी पक्राउ गर्ने क्रममा तत्काल नाम,थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष गाँजा छोडी फरार भएका थिए ।
फरार व्यक्तिको खोजी गर्ने क्रममा स्थानीय प्रहरीको समन्वयमा कमलपोखरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ