बुटवल:संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ‘सन् २०२० को जनवरी महिनामा साटवटै प्रदेशबाट भिजिट नेपाल–२०२०’ को भव्य उद्घाटन हुने बताएका छन् ।
उनले आज बुटवल आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो कुरा बताएका हुन् । मन्त्री भट्टराईले विदेशमा रहेका ५० लाख जनाले एक–एकजना पर्यटक पठाए पनि ५० लाख पर्यटक हुने बताए ।
मन्त्री भट्टराईले भने, ‘उनीहरुलाई भुलाउन बुद्ध सर्किट, बुद्धसँग सरोकार राख्ने स्थानहरुलाई जोड्नुपर्दछ । यदि सच्चा नेपाली भए उहाँहरुले पर्यटक पठाउनुहुन्छ । हैन भने विदेशमा बसेर नेपालका नेतालाई गाली गर्ने,खाल्डाखुल्डीका तस्विर पोष्ट गरेर देश बनेन भन्नु गलत हो ।’
नेकपा स्थायी कमिटिका सदस्य समेत रहेका मन्त्री भट्टराइले नेकपा पार्टी एकता ९० प्रतिशत भन्दा बढी भएको बताउँदै सम्भव भएसम्म दुई वर्षभित्र महाधिवेशन गर्ने पनि उनले बताए ।
मन्त्री भट्टराईले १० लाख जनता उतारेर निजगढ विमानस्थल शिलान्यास गर्ने बताए । कम्तिमा घुम्न आएको पर्यटक तीन दिन बस्ने र अध्ययन गर्ने पर्यटक तीन महिना बस्ने वातावरण बनाइने जिकिर उनको थियो ।