काठमार्डौं: कृषि तथा पशुपन्क्षी मन्त्री चक्रपााणी खनालले सरकारले छिट्टै विषादी चेँकजाँच ऐन ल्याउन लागेको बताउँदै ऐन आएसँगै तरकारी तथा खाद्यान्नमा विषादीको समस्या अन्त्य हुने बताए ।
काठमाडौमा सुरु भएको यशियन कृषि सम्मेलन तथा प्रदशनीको उत्घाटन गर्दै मन्त्री खनालले मुलुकको कृषि क्षेत्रको विकासका लागि अर्गानिक र आधुनिक परियोजनाहरु ल्याइएको भन्दै अबको १० बर्षमा नेपालको कृषिले फड्को मार्ने दावी गरे ।
मन्त्री खनालले उत्पादन क्षेत्रमा काम गर्न सक्ने ४० लाख जनशक्ति मुलुकबाहिर रहेको भन्दै यूवाहरुलाई नेपालमै फर्काएर काम दिन सक्नुपर्ने जोड दिए ।
मन्त्री खनालले २१ देखि ३५ बर्षका यूवाहरुलाई स्वदेशमै खपत गर्न सक्ने तागत मुलुकले नबनाएसम्म कृषि क्षेत्र सुर्धान नसकिने बताए ।
उनले नेपालको कृषि क्षेत्रको बर्तमान अवस्था हेर्दा पञ्चांयत कालिनभन्दा पनि खतम भएको भन्दै विज्ञहरुले गरेको अनुसन्धान किसानसम्म पुर्याउन सकेमात्र कृषि क्षेत्र सुधार हुने दावी गरे ।
जति अनुसन्धानहरु भएका छन्, ति अग्रजी भाषामा छन्, खेती किसानी गर्ने किसानले बुझ्ने भाषामा अनुसन्धानका ज्ञानहरु पुर्याउन नसक्दा धेरै समस्या आएको भन्दै सरकारले आजसम्म भएका अनुसन्धानलाई किसानले बुझ्ने भाषामा पुर्याउन लागेको मन्त्री खनालले बताए ।
मन्त्री खनालले किसानहरु अनुसन्धान केन्द्रमा समेत जानै नसकेको भन्दै सातै प्रदेशमा किसान आभाष परियोजना ल्याइएको बताए ।
२ करोड ८० लाख जनसंख्या भएको हाम्रो मुलुकमा ३ करोड ७ लाख कित्तामा जग्गा टुक्राटुक्रा भएको भन्दै जमिनको खण्डिकरण पनि कृषि क्षेत्रको समस्या रहेको बताए ।
कार्यक्रममा अबको कृषिलाई आधुनिकीकरण प्राज्ञारिक र अग्रानिक तरिकाले गर्नका लागि छुट्टा छुट्टै योजना बनाइएको बताए ।
तराई क्षेत्रमा अत्याधुनिक परियोजना ल्याइने र कर्णाली जस्ता अहिलेसम्म विषादी र रासायिनिक मल प्रयोग नभएको क्षेत्रमा अर्गानिक उत्पादनको योजना अगाडी बढाइएको बताए ।
खनालले मुलुक भित्रने तरकारीहरुको विषादी परीक्षण नरोकिने बताउँदै तत्काल अहिले अन्तराष्टिय स्तरको ल्यायव भने संभव नभएको बताए ।
अहिले पनि विषादी परीक्षणका तीनवटा ल्यावको लागि बजेट छुट्याइएको बताउँदै मन्त्री खनालले अबको आठ महिना भित्र अन्तराष्टिय स्तरका ती परीक्षण केन्द्रहरु स्थापना गरिसकेपछि विषादी परीक्षणका धेरै जसो समस्याहरु समाधान हुने बताए ।
कार्यक्रममा भारतीय दुतावासका प्रतीनीधि डा अजय कुमारले नेपाललाई अर्गानिक उत्पादनको लागि भारत सरकारले सकेको सहयोग गर्नेमा जोड दिए ।
अहिले विश्व बजारमै अर्गानिक उत्पादनको माग उच्च रहेकाले नेपालले त्यो अवशरबाट फाइदा लिन सक्नु पर्नेमा डा. कुमारले जोड दिए ।
कार्यक्रममा सांसदहरु शान्ता मानवी, एनपी साउद लगायतले सिंचाई दक्ष, उन्नत जातको विउ विजन, रासायिनिक मल, दक्ष जनशक्तिको परिचालनबाट कृषिमा क्रान्ती ल्याउन सक्नेमा जोड दिए ।
कार्यक्रममा वक्ताहरुले मुलुकको ७४ प्रतिशत जनता कृषि पेशमा आवद्ध भएपनि मुलुकलाई पुग्ने उत्पादन गर्न नसक्नु दुखद् भएको भन्दै कृषिलाई व्यवस्थित गर्न ढिला भएको बताए ।
अन्न उब्जाउने मान्छे नै भोको रहनु दुखद भएको भन्दै कार्यक्रममा सरोकारवालाहरुले कृषि क्षेत्रमा लागेका किसानहरुलाई विभिन्न राहत र सहुलियत दिएर उत्पादनमा जोड्न सक्नुपर्ने धारणा थियो ।
फेरएच नेपालका अध्यक्ष एवं कार्यक्रमका सभापती लोकराज अवस्थीले यूवाहरुलाई कृषि क्षेत्रमा आकर्षण गर्न सम्बनिधत निकाय गंभिर हुन जरुरी रहेको बताए ।