काठमाडौँ: महालक्ष्मी बिकास बैंकले आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले नेपाल मेडिसिटी अस्पतालसँग आज आइतबार एक सम्झौता गरेको छ ।
उक्त सम्झौता अनुसार बैंकका डेबिट कार्ड (भिसा) प्रयोग गर्ने ग्राहकले नेपाल मेडिसिटीमा उपचार गराउँदा सेवाशुल्कमा छुट पाउने बैंकले जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र अस्पतालका महाप्रबन्धक बिजय रिमालले उक्त पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार यस किसिमको सहकार्यबाट बैंकका ग्राहक वर्गले उपचार खर्चमा ७ प्रतिशत छुट पाउने छन् । यसका साथै बैंकका कर्मचारी तथा कर्मचारीका परिवारले नेपाल मेडिसिटीको सेवाशुल्कमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
देशका ७३ वटा शाखाहरुबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकको हालसम्मका करिब ४ लाख ४० हजार ग्राहक वर्गहरुले नेपाल मेडिसिटीमा उपचार गराई सेवाशुल्कमा छुट प्राप्त गरी लाभान्वित हुन सक्नु हुनेछ । सोका लागि ग्राहकले अनिवार्य रुपमा बैंकको डेबिट कार्ड (भिसा) लिनु पर्नेछ ।
बैंकले आगामी दिनहरुमा उक्त अस्पतालसँग संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।