काठमाडौं : विना इजाजत संस्था खोलेर बालबालिका राख्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नमुना प्रगतिशिल महिला समाज नामक संस्थाले बालबालिका राखेको अभियोगमा त्यहाँ कार्यरत काठमाडौं महानगरपालिका(१४ वाफल बस्ने ४६ वर्षीय सुजित रायमाझी लगायत ३ जना हिजो बुधबार बिहान पक्राउ परेका हुन ।
संस्थामा विभिन्न जिल्लाबाट बालबालिकाहरु ल्याई राखेको भन्ने सूचनाको आधारमा बालवालिका खोजतलास केन्द्र भृकुटीमण्डप, राष्ट्रिय बाल अधिकार परिषद पुल्चोक र महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट संयुक्त रुपमा खटिएको टोलीले ९ जना बालबालिकाहरुको उद्धार समेत गरेको थियो ।
उद्धार गरिएका बालबालिकाहरुलाई बाल हेल्पलाईन कलंकी राखिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।