काठमाडौं : आइतबार साँझ काठमाडौंको सिनामंगलमा डरलाग्दो दुर्घटना भएको छ। तीनकुनेतर्फबाट गौशाला जाँदै गरेको टिपरले सिनामंगलमा ठक्कर दिँदा तीनवटा बाइक कच्याककुचुक भएका हुन्।
घटनास्थलमा पुगेका अन्नपूर्णका पत्रकार यम विरहीका अनुसार तीनवटा बाइक कच्याकुचुक भएका छन् भने एकजनाको शरीर क्षतविक्षत अवस्थामा घटनास्थलमा देखिन्छ। अन्य चार जनालाई भने उपचारका लागि केएमसी अस्पतालमा लगिएको छ। टिपरको खोजी भइरहेको गौशाला प्रहरीले बताएको छ।
Facebook Comments Box