काठमाडौं : पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछाने र पत्रकार युवराज कँडेलको बयानपछि यतिबेला थुनछेक बहस भइरहेको छ ।
सोमबार जिल्ला अदालत, चितवनमा दुवै जनाको बयान लिइएको हो ।
जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासमा बहस भइरहेको हो ।
वादी र प्रतिवादीको बहसपछि अदालतले तीनै जनालाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश जारी गर्नेछ ।
तर, बहस नसकिएको हकमा पुनः सबैलाई जिल्ला प्रहरी कार्यालय, चितवनकै हिरासतमा राखिनेछ भने मंगलबार बिहान पुनः उपस्थित गराइनेछ ।
यसअघि हिजो आइतबारै अस्मिता भनिने रुकु कार्कीको बयान सकिएको थियो । तर, लामिछाने र कँडेलको बयान नभएपछि तीनै जनालाई हिरासतमा राखिएको थियो ।