काठमाडौँ: आर्थिक वर्ष २०७५/७६ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ४.६ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो मुद्रास्फीति ४.२ प्रतिशत रहेको थियो ।
खाद्य तथा पेय पदार्थ मुद्रास्फीति आर्थिक वर्ष २०७५/७६ मा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत मुद्रास्फीति ३.१ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो आर्थिक वर्षमा उक्त समूहको मुद्रास्फीति २.७ प्रतिशत रहेको थियो ।
गैर–खाद्य तथा सेवा मुद्रास्फीति आर्थिक वर्ष २०७५÷७६ मा गैर–खाद्य तथा सेवा समूहको वार्षिक औसत मुद्रास्फीति ५.९ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षमा उक्त समूहको मुद्रास्फीति ५.३ प्रतिशत रहेको थियो ।
क्षेत्रगत उपभोक्ता मुद्रास्फीति आर्थिक वर्ष २०७५÷७६ मा उपभोक्ता मुद्रास्फीति पहाडमा ५.० प्रतिशत, हिमालमा ४.९ प्रतिशत, काठमाडौं उपत्यकामा ४.९ प्रतिशत र तराईमा ४.३ प्रतिशत रहेको छ ।
अघिल्लो आर्थिक वर्षमा यस्तो मुद्रास्फीति क्रमशः ४.६ प्रतिशत, ५.९ प्रतिशत, ३.३ प्रतिशत र ४.४ प्रतिशत रहेको
थियो ।
नेपाल र भारतको उपभोक्ता मुद्रास्फीति २०७६ असारमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति नेपालमा ६.० प्रतिशत र सन् २०१९ को जुलाईमा भारतमा ३.१५ प्रतिशत रहेकोछ ।
२०७६ असारमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.४ प्रतिशत रहेको छ । २०७५ असारमा यस्तो मुद्रास्फीति २.१ प्रतिशत रहेको थियो ।
२०७६ असारमा वार्षिक बिन्दुगत राष्ट्रिय तलव तथा ज्यालादर सूचकाङ्क ९.१ प्रतिशतले वृद्धि भएको छ । २०७५ असारमा उक्त सूचकाङ्क ६.८ प्रतिशतले वृद्धि भएको थियो । तलब सूचकाङ्कको वृद्धिदर ६.६ प्रतिशत र ज्यालादर सूचकाङ्ककोवृद्धिदर ९.८ प्रतिशत रहेको छ ।