काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक १४.४५ अंकले घटेर ११७०.३४ अंकमा ओर्लिएको छ।
दुई दिनमा बजारले २५.९७ अंक गुमाएको छ। दुई दिनदेखि लगातार दोहोरो अङ्कले बजार घटेपछि लगानीकर्ता निराश देखिएका छन्।
सोमबार १७१ कम्पनीका १३ लाख ८० हजार कित्ता शेयर ४० करोड ७५ लाख रुपैयाँमा कारोबार भयो। दुई करोड ५६ लाख रुपैयाँ बराबरको नेपाल बैक लिमिटेडको शेयर कारोबार भएको छ।
कारोबार रकमकै आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर दुई करोड ५० लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो।
सोमबार सबै उपसूचक राता देखिएका छन्। ११ समूहको कारोबारमा बढ्दा जीवन बिमा समूहको उपसूचक १.७९ प्रतिशतले घटेको छ।निर्जीवन बिमा समूहको १.५६ प्रतिशतले उपसूचक घटेको छ।