काठमाडौँ: कृषि विकास बैंकले शंकरदेव क्याम्पसलाई ५० थान घडी सहयोग स्वरुप उपलब्ध गराएको छ ।
विधार्थी अल्मुनाईको आयोजनामा शंकरदेव क्याम्पसमा आयोजित स्टुडेन्ट क्यारियर काउन्सिलिङ एण्ड नेटवर्किङ विषयक कार्यक्रममा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत क्याम्पसका कक्षा कोठामा राख्न ५० थान भित्तेघडी क्याम्पस प्रमुख कृष्ण प्रसाद आचार्यलाई हस्तान्तरण गरेका हुन् ।
त्यसैगरी व्यवसाय प्रवद्र्धन कार्यक्रम अन्तर्गत शंकरदेव क्याम्पस विधार्थी अल्मुनाइ एसोसियसनलाई सहयोग स्वरुप रु ५० हजारको चेक अल्मुनाइका अध्यक्ष श्रीमती अमोदा श्रेष्ठलाई प्रदान गरे ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले आफु पनि उक्त क्याम्पसको पूर्व विधार्थी रहेको र आमन्त्रणका लागि धन्यवाद प्रदान गर्दै बैंक तथा क्याम्पस बिच लामो समय देखि व्यवसायिक सहकार्य रहेकोमा अवका दिनमा अझ बलियो सहकार्यको अपेक्षा गरे ।
सो अवसरमा प्रमुख कार्यकारी अधिकृतले कृषि विकास बैंक ली. देशको अग्रणी बैंक तथा बैंकिङ क्षेत्रको महत्वपूर्ण घटकको रुपमा रही अर्थतन्त्रमा योगदान गर्दै आएको, शहर देखि ग्रामिण क्षेत्र सम्म कार्यक्षेत्र रहेको बैंकले कृषि, पशु तथा विपन्न वर्ग, प्राथमिकताप्राप्त क्षेत्रमा लगानी गरि गरिब जनताको आर्थिक अवस्था सुदृढ गर्दै कर्जा लगानी मार्फत उद्योग तथा व्यापारको विकासमा समेत सहयोग पुरयाउदै आएको कुरा व्यक्त गरे ।
कार्यक्रममा सहभागी विधार्थीसँग अन्र्तक्रिया समेत गर्दै बैंकमा अत्याधुनिक तथा सुरक्षति कोर बैंकिङ सफ्टवेयर रहेको, साइबर इनभासनर ह्याकरले बेला वेलामा गर्ने आक्रमण प्रति बैंक सचेत समेत रहेको कुरा समेत व्यक्त गरे । बैंकले नेपाल सरकारले ल्याएको सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई प्रथामिकताका साथ कार्यन्वयन ल्याएको , राष्ट्रिय अर्थतन्त्रमा बैंकको योगदान महत्वपूर्ण रहेको र भविष्यमा बैंकलाई ग्राहक र समयको चाहना अनुसार बैंकका सेवाहरुमा थप विस्तार गरिने बताए ।
सो कार्यक्रममा बैंकका उप महाप्रबन्धक प्रताप सुवेदी, कर्जा अनुगमन तथा असूली विभागका विभागिय प्रमुख ध्रुवचन्द्र गौतम, क्षेत्रीय कार्यालय काठमाण्डौंका निर्देशक करुणचन्द्र घिमिरे तथा शाखा कार्यालय पुतलीसडकका प्रबन्धक प्रकाश पाण्डे समेतको उपस्थिती रहेको थियो ।
प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायलाई क्याम्पस प्रमुख कृष्ण प्रसाद आचार्य तथा अल्मुनाइका अध्यक्ष श्रीमती अमोदा श्रेष्ठले छुटटा-छुट्टै टोकन अफ लभ प्रदान गरेकी थिइन् । उक्त अवसरमा बैंकको शाखा कार्यालय पुतलीसडकको अगुवाईमा व्यवसाय प्रवद्र्धन तथा बजारीकरण स्टल समेत राखिएको थियो ।
सो कार्यक्रममा अन्य बैंक, बिमा तथा विभिन्न कम्पनीका प्रबुद्ध व्यक्ति, व्यवसाय प्रवद्र्धन समूह समेत सहभागी रहेका थिए ।