काठमाडौँ: फर्जी बैंक ग्यारेन्टी गर्दा जमानी बसेको अभियोग लागेका कर्णाली प्रदेशका पूर्वमन्त्री खड्गबहादुर खत्रीसँग उच्च अदालत पाटनले पाँच लाख धरौटी मागेको छ।
बुधबार अदालतमा उपस्थित हुन आएका खत्रीको थुनछेक बयान र बहस पछि मुख्यन्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासले उनीसँग पाँचलाख धरौटी मागेको हो।
उनले बुझाएको धरौटी स्वरूप बैंक ग्यारेण्टी बुझ्ने प्रकृयामा रहेको प्रवक्ता मोहन सुवेदीले बताए। कृषि विकास बैंक रत्नपार्कको जाहेरीमा नेपाल सरकारले नै उनीविरूद्ध बैंकिङ कसुर सम्बन्धी मुद्दा लगाएको थियो।
मन्त्री खत्री आफैं ठेकेदार हुन्। मन्त्री खत्रीको केएसके नामक कन्स्ट्रक्सन कम्पनी सुर्खेतमा छ। ५५–५५ लाख रुपैयाँका दुई वटा ठेक्काको बैंक ग्यारेन्टी फर्जी बनाउँदा उनी साक्षी बसेका थिए र प्रहरीले उनको बयान पनि संलग्न राखेको थियो।