काठमाडौं : मनकामना केबलकार आगामी पाँच दिनका लागि बन्द हुँदैछ ।
मनकामना दर्शन प्रालिले सञ्चालन गर्दै आइरहेको मनकामनास्थित केबलकार भदौ २२ देखि २७ सम्म बन्द हुन लागेको हो ।
प्रालिले आज एक सूचना जारी गरी प्राबिधिक मर्मतका लागि केवलकार बन्द गर्न लागिएको जनाएको छ ।
मुलह्विल लिनर चेन्जिङ, मेन मोटर सर्भिसिङ तथा रोप रिङस्प्लिसिङलगायतको मर्मत हुन लागेको हो ।
केवलकार २० वर्षअघि अस्ट्रियाको डोप्पलमेरले बनाएको थियो ।
उसले निश्चित अवधिमा आफूले बनाएका केवलकार अवस्थाबारे अनुगमन गर्ने गरेको छ ।
यहीअनुरूप त्यहाँबाट प्राविधिक टोली आएको र उसकै निगरानीमा मर्मत सम्भार हुन लागेको प्रालिले जनाएको छ ।
Facebook Comments Box