गोरखा : इँट्टाको पैसा नतिरेको भन्दै अपहरणमा परेका गोरखा भीमसेन थापा गाउँपालिका–६ अश्राङका जीवन खड्कालाई प्रहरीले सकुशल उद्धार गरेको छ ।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय रौतहटको समन्वयमा रौतहटको गरुडाबाट खड्काको उद्धार गरिएको गोरखाका प्रमुख प्रहरी उपरिक्षक ओम अधिकारीले जानकारी दिए।
इँट्टा कारोवार गर्दा बक्यौता रहेकोे रु सात लाख नदिएको भन्दै रौतहटका व्यापारी राजीव पण्डित कुहारले उनलई अपहरण गरी बन्धक बनाएको अवस्थामा प्रहरीले उद्धार गरेकोे एसपी अधिकारीले बताए ।
खड्कालाई बुधबार राति राजीवको घर नजीकैको गोठबाट प्रहरीले उद्धार गरी अपहरणमा सङ्लग्न कुहारलाई समेत नियन्त्रणमा लिएको रौतहटका प्रहरी नायब उपरीक्षक तुलसी अर्यालले जानकारी दिए ।
पक्राउ परेका कुहारविरुद्ध अपहरण र शरीर बन्धक शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उद्धार गरिएका खड्कालाई आज परिवारको जिम्मा लगाउने प्रहरीले जनाएको छ ।