Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Tuesday, November 10
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » डेंगु रोगले महामारीको रुप लिएपछि स्थानीय निकाय यसरी तात्दैछ

    डेंगु रोगले महामारीको रुप लिएपछि स्थानीय निकाय यसरी तात्दैछ

    पहिलोक्लिकपहिलोक्लिकSeptember 15, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

    विराटनगर : डेंगुको प्रकोप नियन्त्रणका लागि विराटनगर महानगरपालिकाले विद्यालय केन्द्रित कार्यक्रम ल्याएको छ ।

     

     

    शुक्रबार शिक्षादीपमा अध्ययनरत विद्यार्थीको डेंगुबाट मृत्यु भएपछि विराटनगर महानगरपालिकाले यो कार्र्यक्रम ल्याएको हो ।

     

    हिजो शनिबारबाट विद्यालय र सरकारी कार्यालयमा लामखुट्टेलाई नियन्त्रण गर्न ‘फगिङ’ अर्थात् कीटनाशक रसायन धुँवा उडाएर मार्ने कार्यको थालनी भएको छ ।

    महानगरपालिका प्रमुख भीम पराजुलीले नगरस्थित आदर्श माध्यमिक विद्यालयमा फगिङ गर्दै यस कार्यको थालनी गरेका छन ।

    यसभन्दा अगाडि बस्तीहरुमा मात्र फगिङ गरिएको थियो ।

    लामखुट्टे धेरै हुने ठाउँको खोजी र तिनलाई मार्ने अभियान पटक–पटक गर्दै आएको महानगरले यसपटक भने विद्यालय र सरकारी कार्यालय हाताभित्र फगर मेसिनबाट यो अभियान शुरु गरेको छ ।

    यससँगै बस्ती क्षेत्रमा समेत पुनः फगिङ गरिने महानगर स्वास्थ्य शाखाका अधिकृत एपोलो भगतले जानकारी दिए ।

     

    यो अभियान महानगरका १९ वटै वडामा क्रमशः गर्दै जाने बताइएको छ ।

     

    त्यस्तै बैतडीको दशरथचन्द नगरपालिकाले जिल्ला अस्पताल बैतडीलाई डेंगु परीक्षण किट उपलब्ध गराएको छ ।

     

    देशैभरि डेंगुका बिरामी फेला परेकाले डेंगु रोग परीक्षणमा सहयोग पु¥याउने हेतुले किट उपलब्ध गराइएको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले जानकारी दिए ।

    अस्पताललाई ४५ किट उपलब्ध गराइएको उनले बताए ।

     

    लामखुट्टेको टोकाइबाट हुने डेंगु रोग लागेमा त्यसको परीक्षणका लागि किटले सहयोग पुग्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डा जगदीशचन्द्र विष्टले जानकारी दिए ।

    जिल्लामा अहिलेसम्म डेंगुका बिरामी फेला नपरेको उनले बताए ।

     

    यस्तै डेंगु रोगका बारेमा सचेतना फैलाउन नगरपालिकाभरिका सबै विद्यालयमा निर्देशन गरिएको दशरथचन्द नगरपालिकाले जनाएको छ ।

    आफ्नो वरपरको वातावरण सफा राख्नुपर्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्नुपर्ने, लामखुट्टेको टोकाइबाट बच्नका लागि झुलको प्रयोग गरेर सुत्नुपर्नेलगायतका सुझाव विद्यार्थीमार्फत दिइएको नगरपालिकाका सामाजिक शाखा प्रमुख चन्दले जानकारी दिए ।

    बैतडी सबै स्थानीय तहमा द्रुत प्रतिकार्य टोली

    बैतडीका १० वटै स्थानीय तहमा स्वास्थ्यको द्रुत प्रतिकार्य टोली (आरआइटी) गठन गरिएको छ ।

    स्थानीय तहमा रहेका स्वास्थ्य संयोजकको संयोजकत्वमा प्रत्येक स्थानीय तहमा आरआइटी टोली गठन गरिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

     

    उक्त टोलीले स्थानीय तहमा कुनै पनि रोगको महामारी फैलिएमा तत्काल समाधान गर्ने स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य निरीक्षक भुवन जोशीले जानकारी दिए ।

     

    आरआइटी टोली जुनसुकै बेला पनि तयारी अवस्थामा राखिएको जनस्वास्थ्य निरीक्षक जोशीको भनाइ छ ।

    यसैबीच जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले डेंगु रोग नियन्त्रणपछि मात्रै समायोजनमा परेका स्वास्थ्य कर्मचारीलाई ‘रमाना’ दिने भएको छ ।

    विशेषगरी तराई क्षेत्रबाट डेंगु रोगको प्रकोप फैलँदै पहाडी क्षेत्रमा समेत सङ्क्रमण बढ्न थालेको अवस्थामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आदेशअनुसर जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले समायोजनमा परेका स्वास्थ्यका कर्मचारीलाई हाल डेंगु रोग नियन्त्रण नभएसम्म रमाना नदिन मातहतका स्थानीय तहका स्वास्थ्य शाखालाई परिपत्र गरेको हो ।

     

    “डेंगु रोग नियन्त्रण गर्न सहज हुने तथा स्वास्थ्यकर्मी एक अर्को जिल्लामा आवतजावत गर्दा डेंगु रोगसमेत जाने–आउने खतरा बढ्न सक्ने भएकाले समायोजनमा जान पत्र जारी भएका चिकित्सक एवं स्वास्थ्यकर्मीलाई समेत रमाना नदिन परिपत्र गरेका हौँ”, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्रकुमार झाले भने ।

    मन्त्रालयले काठमाडौँ उपत्यकालगायत देशका अधिकांश जिल्लामा डेंगु रोगको प्रकोप देखिँदै गएकाले देशका विभिन्न तहमा समायोजन भई पत्र जारी भएका चिकित्सक एवं स्वास्थ्यकर्मी तथा केन्द्रीय अस्पतालमा कार्यरत चिकित्सक एवं स्वास्थ्यकर्मीलाई अर्को आदेश नभएसम्म यथावत राख्न यही भदौ २५ गते केन्द्रीय, प्रदेश, जिल्लास्थित सरोकारवाला निकायलाई पत्राचार गरेको थियो ।

     

    साथै, प्रसूति बिदा, अध्ययन बिदा, किरिया बिदाबाहेक अन्य बिदा स्वीकृत नगर्न पनि मन्त्रालयले आदेश गरेको छ ।

    काभ्रेपलाञ्चोक जिल्लामा भदौको दोस्रो साताबाट डेंगु रोगको सङ्क्रमण देखिएको हो । खानीखोला गाउँपालिकामा डेंगुबाट सङ्क्रमित एक पुरुष भेटिएसँगै हालसम्म जिल्लाका छ डेंगु सङ्क्रमितले उपचार गराइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

    जिल्लामा डेंगु सङ्क्रमित व्यक्ति भेटिएपछि जिल्ला स्वास्थ्य कार्यालयले डेंगु रोगबाट बच्ने उपायबारे जानकारी लिई सतर्क रहन सबैलाई आग्रह गर्दै आएको छ ।

     

    उनका अनुसार जिल्लास्थित सबै स्वास्थ्य संस्थामा डेंगु विरुद्धको किटसहितको टोलीसमेत परिचालन गरिएको छ ।

    लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने व्यक्तिलाई एक्कासि उच्च ज्वरो आउनु र पाँचदेखि सात दिनसम्म रहनु, सहन नसक्ने गरी टाउको दुख्नु, आँखाको नानी तथा पछिल्लो भाग दुख्नु, ढाड, जोर्नी र मांशपेसी दुख्नु, शरीरमा बिमिरा आउनु तथा वाकवाकी लाग्नु, पेट दुख्नु, नाक अथावा गिँजाबाट रगत बग्नु, शरीरमा रगत जमेको दाग देखा पर्नु तथा बेहोस हुने लक्षण देखिन्छ ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.