Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Monday, November 9
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » चालू आवको डेढ महीनामा १७ सहित तीन वर्षमा १५१ ले गरे आत्महत्या

    चालू आवको डेढ महीनामा १७ सहित तीन वर्षमा १५१ ले गरे आत्महत्या

    पहिलोक्लिकपहिलोक्लिकSeptember 18, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

    ओखलढुुङ्गा: ओखलढुुङ्गामा आत्महत्या गर्नेको सङ्ख्या बर्सेनि बढेको छ । विगतको तुलनामा पछिल्लो समय जिल्लाभर आत्महत्या गर्ने सङ्ख्या बढेको हो ।

    चालू आर्थिक वर्ष २०७६÷०७७ को दुई महीनाको अवधिमा १७ जनाले आत्महत्या गरेका छन् । साउन र भदौ अन्तिम सातासम्ममा आत्महत्या गर्ने १३ वर्षीय बालकदेखि ६२ वर्षसम्मका वृद्ध छन् । १७ जनामध्ये आठ पुरुष, एक बालक र अन्य महिला रहेका छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुुसार १३ जनाले झुण्डिएर र चार जनाले विष सेवन गरेर आत्महत्या गरेका हुन् । आव २०७५÷०७६ मा ६२ जनाले आत्महत्या गरेको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।

    यो सङ्ख्या अघिल्लो आवको भन्दा बढी हो । आव २०७४÷०७५ मा ४१ र आव २०७३÷०७४ मा ३१ ले आत्महत्या गरेका थिए । प्रहरीको तथ्याङ्कअनुसार बर्सेनि जिल्लामा आत्महत्या गर्नेको सङ्ख्या बढेको छ । चालू आवको दुई महीनासहित तीन आवमा १५१ ले ओखलढुङ्गामा आत्महत्या गरेका छन् । आव २०७५÷०७६ मा १० वर्षीय बालकसहित ६२ जनाले आत्महत्या गरेको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । २८ महिला र ३४ जना पुरुषले आत्महत्या गरेको श्रेष्ठको भनाइ छ । १६ वर्षमुनिका एक बालकसहित पाँच जना बालिका छन् । १६–२५ वर्षसम्मका १७ जना, २६–३५ को ११ जना, ३६–४५ को ७ जना, ४६–६० वर्ष का १४ जना र ६० वर्ष माथिका ११ जनाले आत्महत्या गरेका छन् । ४१ जनाले झुण्डिएर, २० जनाले विष सेवन र एक जनाले खोलामा हाम फालेर आत्महत्या गरेका छन् ।

    नवदम्पतीदेखि दुलाहासम्मले गरे आत्महत्या

    ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–६ भदौरेका २२ वर्षीय नवीन परियारको खोटाङको रावाबेँसी गाउँपालिकाकी २१ वर्षीया गङ्गा परियारसँग गत जेठ २८ गते परम्पराअनुसार मागी विवाह भयो । विवाहपश्चात सम्बन्ध राम्रो थियो । दुवैका परिवार पनि खुशी थिए । विवाह गरेको करीब २० दिनपछि नवीन काठमाडौँ जानुभयो । एसइईको मौका परीक्षा दिने समयमा गङ्गाले सहयोगका लागि नवीनलाई घर बोलाउनुभयो । काठमाडौँबाट नवीन घर आएपछि गङ्गा मौका परीक्षा दिन माइती गाउँ खोटाङको रावाबेँसी जानुभयो । भदौ ४ गते आफूलाई लिन गङ्गाले नवीनलाई माइत बोलाउनुभयो । सोही दिन श्रीमती लिन हिँड्नुभएका नवीनको मोबाइलमा रावाखोलाको जलजलेटार पुग्दा ससुरालीबाट फोन आयो । नवीनलाई लागेको थियो कहाँ आइपुग्नुभयो भनेर श्रीमतीले फोन गरेको हुनुपर्छ । तर सोचे जस्तो भएन । ससुरालीबाट फोन गर्ने व्यक्तिले श्रीमती गङ्गाले झुण्डिएर आत्महत्या गरेको खबर सुनाए । घर लिन बोलाएकी श्रीमतीले आत्महत्या गरेको खबरले विक्षिप्त हुनुभएका नवीन जसोतसो ससुराली पुग्नुभयो ।

    श्रीमतीको दाहसंस्कार गरेर फर्किनुभएका नवीनले पनि पत्नी वियोगकै पीडामा भदौ २२ गते आत्महत्या गर्नुभयो । श्रीमतीले आत्महत्या गरेको १८ दिन पछि नवीनले आत्महत्या गर्नुभएको हो । गङ्गाले आत्महत्या गर्नुको कारण नखुले पनि नवीनले भने पत्नी वियोगको पीडाले आत्महत्या गरेको खुलेको वडाध्यक्ष कृष्ण क्याप्छाकी मगर जानकारी दिनुभयो ।

    आत्महत्या गर्नु अघि नवीनले लेखेको ‘सुसाइड नोट’बाट उक्त कुरा पुष्टि हुन्छ । मृत्यु भइसकेकी श्रीमतीलाई सम्बोधन गरेर परियारले सुसाइड नोटमा लेख्नुभएको छ, “प्यारी श्रीमती, तिमी मभन्दा अगाडि गयौ, म पनि तिम्रो पछिपछि आउँदैछु, यो कदम मैले कसैको करकापले लिएको हैन ।” घर सल्लाहमै माइत गएकी बुहारीले उतै आत्महत्या गरेपछि छोरा नवीनले पनि आत्महत्या गरेको नवीनका बाबु सोनु दर्जीको भनाइ छ । नवीन र गङ्गा सानुका कान्छा छोरा÷बुहारी हुनुहुन्थ्यो ।

    गत फागुनमा मोलुङ गाउँपालिका–७ का २५ वर्षीय पासाङ शेर्पाको तीन दिनपछि विवाह गर्ने तयारी थियो । छिमेकी गाउँपालिकाकी एक युवतीसँग शेर्पाको सामान्य प्रेमपछि मागी विवाह हुने पक्का भएको थियो । आफन्त छरछिमेकीलाई विवाहको निम्तो कार्ड पासाङ आफैँले बाँड्नुभएको थियो । घरमा फेम्बर (शेर्पा समुदायको विवाहमा खाने कुरा) बनाउने मान्छे आएका थिए ।

    विवाहको तयारी भइरहेको थियो । घरपरिवार विवाहको तयारीमा जुटेकै समयमा शेर्पाले मतानमा झुण्डिएर आत्महत्या गर्नुभयो । तोकिएको विवाह गर्ने दिनभन्दा तीन दिन अघि शेर्पाले आत्महत्या गरेको वडाध्यक्ष हेम सुनुवारले बताउनुभयो । शेर्पाले पारिवारिक बेमेलका कारण आत्महत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

    माथि उल्लेख गरिएका केही उदाहरणीय घटना मात्र हुन् । अन्य आत्महत्याका घटना पनि अपत्यारिला जस्ता सामान्य विषयमा कुरा नमिल्दा भएको पाइन्छ ।

    चाहना पूरा नहुँदा आत्महत्या

    मानसिक सन्तुलन ठीक नभएका, पारिवारिक बेमेल, मदिरा सेवन गरेर, रिसको आवेगमा, असफलता र नैराश्यका कारणले अधिकांशले आत्महत्या गरेको प्रहरीले जनाएको छ । यसका साथै गरीबी, अभाव, दीर्घरोग तथा इच्छा पूरा नहँुदा र आवेशमा समेत केहिले अल्पायुमा आफैँले ज्यान फालेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

    धेरैजसो आफूले चाहेको कुरा पूरा गर्न नसकेका कारण आत्महत्या गर्ने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ । “मान्छेले निकै ठूलो कुरा चाहना गरेको हुन्छ तर सहानुभूति पाउँदैन अनि उ मानसिकरुपमा विक्षिप्त हुन्छ र आत्महत्याको बाटो रोज्छ”, प्रहरी निरीक्षक श्रेष्ठले रासससँग भन्नुभयो, “धेरैजसो आत्महत्याका कारण नै ठूलो चाहना र सानो प्राप्ती देखिन्छ । त्यसबाहेकका कारण थोरै छन् ।”

    जिल्लाको एक नगरपालिकासहित सात गाउँपालिका मध्ये अघिल्लो आवमा सबैभन्दा बढी सिद्धिचरण नगरपालिकामा १४ जना र सबैभन्दा कम लिखु गाउँपालिकामा दुई जनाले आत्महत्या गरेका छन् । यसका साथै मानेभञ्ज्याङमा १२, चम्पादेवी र खिजीदेम्बा गाउँपालिकामा ९–९, चिशंखुगढीमा ७, मोलुङमा ६ र सुनकोशी गाउँपालिकामा तीन जनाले आत्महत्या गरेका छन् ।

    Facebook Comments Box

    आत्महत्या
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.