काठमाडौं : नेपाल राष्ट्र बैंकले १ हजार रुपैयाँ दरका नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ ।
केन्द्रीय बैंकले १ हजार रुपैयाँ दरको ३१ करोड थान नोट छाप्ने जिम्मा ‘चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेशन’ लाई दिएको हो ।
नयाँ नोट डिजाइन, छपाई तथा आपूर्तिको काम उक्त चिनियाँ कम्पनीले गर्नेछ । कम्पनीले ९१ लाख ९० हजार अमेरिकी डलरमा नोट छापाई तथा डिजाइन गरी नेपाल पठाउनेछ ।
Facebook Comments Box