काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा प्रदेश प्रमुखको नियुक्तिबारे छलफल भइरहेको नेकपाका एक नेताले बताएका छन ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो आइतबार सातै प्रदेशका प्रमुखहरुलाई बर्खास्त गरेकी थिइन्।
सरकारले आज सोमबार नै सातै प्रदेशका प्रमुख नियुक्त गर्ने तयारी गरेको छ।
सचिवालयको बैठकले सातै प्रदेशका प्रस्तावित प्रदेश प्रमुखहरुका बारेमा टुंगो लगाएपछि आजै बस्ने भनिएको मन्त्रीपरिषदको बैठकले त्यसलाई अनुमोदन गर्ने तयारी भएको एक नेताले बताएका छन ।
Facebook Comments Box