Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Tuesday, November 10
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » प्रहरीहरू भन्छन्– थाहा थियो तर सबैले ‘आलमलाई जोगाए’

    प्रहरीहरू भन्छन्– थाहा थियो तर सबैले ‘आलमलाई जोगाए’

    पहिलोक्लिकपहिलोक्लिकNovember 7, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    गौर : निलम्बित सांसद मो. अफताब आलम जोडिएको बम विस्फोट र हत्याका घटना भएको तत्कालीन प्रहरी अधिकारीहरूले स्वीकार गरेका छन्। तर, जबाफदेहिताबाट उनीहरू पन्छिएका छन्।

    आलमलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरीसामु उनीहरूले ‘हो, घटना भएको थियो’, ‘थाहा थियो’, ‘कारबाही गर्नू भनेको थिएँ’ जस्ता उत्तर दिएका छन्।

    त्यस बेलाका जिल्ला र इलाका इन्चार्जदेखि केन्द्रैसम्मका प्रहरी अधिकारीमाथि थाहा पाएर पनि कारबाहीको दायरामा नल्याएको प्रश्न उब्जिएको छ। प्रहरीसँगको उनीहरूको बयान यस्तो छ–

    विस्फोट भएकै हो

    ओमविक्रम राणा, तत्कालीन प्रहरी महानिरीक्षक

    विस्फोट सम्बन्धमा अनुसन्धानमा रहेका अधिकृतले घटना विवरण जानकारी गराए। त्यतिखेर बम बिस्फोट भएको देखिन्छ। केही मानिस घाइते भएको र केही मृत्यु भएको भन्ने रिपोर्टिङ भएको थियो भन्ने लाग्छ। त्यस्तो रिपोर्टिङ भएपछि निष्पक्ष रूपमा अनुसन्धान गरी कानुनबमोजिम कारबाही गर्न निर्देशन दिएको थिएँ।

    पछि जिल्ला प्रहरी कार्यालय रौतहटले पूर्वमन्त्री मो. अफताब आलमसमेतलाई मुद्दा चलाउने रायसहित सरकारी वकिलको कार्यालय, रौतहटमा मिसिल पेस गरेकोमा आलमसमेतका व्यक्ति हाजिर जमानीमा छुटेको भन्ने सुनें।

    अनुसन्धान गर्न भनेको थिएँ

    किरण गौतम, पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक

    २०६४ चैत २७ गते बेलुका र २८ गते बिहान रौतहटको राजपुरफरदवामा विस्फोट भई केही व्यक्ति हताहत भएको बुझिन आएको छ भनी तत्कालीन रौतहट जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी लक्ष्मण न्यौपानेले मलाई जाहेर गरेका थिए।

    त्यसपछि घटनास्थलमा तत्काल गई कानुनबमोजिम गर्नुपर्ने सम्पूर्ण कार्य गर्नुका साथै अनुसन्धानमा कुनै पनि कसर बाँकी नराखी सक्रियतासाथ गर्नू भनी निर्देशन दिएको थिएँ।

    एसपीले रोक्नुभयो

    इन्द्रप्रसाद सुवेदी, प्रहरी नायब उपरीक्षक

    चैत २७ गते बेलुकी अन्दाजी साढे ६ बजे इलाका प्रहरी कार्यालय, राजपुरबाट चुनावमा सुरक्षार्थ ड्युटीमा निस्कने तयारी गर्दै गर्दा पश्चिम दिशाबाट विस्फोटको ठूलो आवाज आयो। त्यसतर्फ हेर्दा धुवाँको धालो मुस्लो देखें। त्यो स्थान इलाका प्रहरी कार्यालय, राजपुरबाट साढे एक किलोमिटर दूरीमा थियो।

    मैले तत्कालै मोबाइल टोलीलाई लिई घटनास्थल जाँदै गर्दा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी लक्ष्मण न्यौपानेले बोलाउनुभयो। अर्को टोली पठाएँ भन्नुभयो।

    मुद्दा नचलाई छाडियो

    राजीव बस्नेत, प्रहरी नायब उपरीक्षक

    मलाई अनुसन्धान अधिकृत तोकियो। मुद्दाका फरार प्रतिवादी सेखलाई २०६५ असार १ गते पक्राउ गरी अनुसन्धान गर्दा प्रतिवादी मो. अफताब आलम, सेख सेराज भन्ने शेष सेराज, मो. मोबिन आलमसमेतका प्रतिवादी संयुक्त निवेदनसहित कार्यालयमा हाजिर भए।

    कार्यालय प्रमुखकै आदेशअनुसार सोही दिन बयान लिने सहित अनुसन्धान कार्य सम्पन्न गरियो।

    अधिकारकर्मीलाई रोकियो

    ईश्वरविक्रम शाह, प्रहरी नायब निरीक्षक

    २०६४ वैशाख तेस्रो साता इलाका प्रहरी कार्यालय राजपुर प्रमुखमा खटिएर गएँ। २०६४ सालको संविधानसभाको मतदान २८ गते सकिएपछि मतपेटिका निर्वाचन कार्यालयमा बुझाएँ। २९ गते म कार्यरत रहेको इलाका प्रहरी कार्यालय, राजपुरमा फिर्ता भई गएको हुँ। सो घटनाको गाइँगुइँ सुनें। मिडियाबाट पनि थाहा पाएँ। घटनास्थलमा पुगेका मानवअधिकार, इन्सेकको टोली तथा पीडितलाई प्रतिवादीहरूले स्थानीयसँग भेट्न नदिएको थाहा भयो।

    घरमा नयाँ भुस राखेकाले निकाली हेर्न खोज्दा अधिकारकर्मी दीपेन्द्र झा र पीडित पक्षलाई आक्रमणको प्रयास भएछ। घटनास्थल सेख इद्रिसको गोठघर पुग्दा करिब ५ सय पुरुष र महिलाले घेराउ गरेको अवस्थामा देखेपछि तिनलाई पक्रेर इलाका प्रहरी कार्यालय, रौतहट ल्याएको थिएँ। यो खबर अन्नपुर्ण पोस्टमा रहेको छ ।

    Facebook Comments Box

    आलम
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.