Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Monday, November 9
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » बढ्दै बाघ आक्रमण, त्रासमा स्थानीयवासी

    बढ्दै बाघ आक्रमण, त्रासमा स्थानीयवासी

    पहिलोक्लिकपहिलोक्लिकNovember 7, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    बाँके: पछिल्लो समय बाँके र बर्दिया जिल्लामा बाघको आक्रमण बढेको छ ।

    बाघ आक्रमण बढेसँगै निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन् । मानव बस्तीमै पुगेर बाघले आक्रमण गरेको घटना बढ्न थालेपछि निकुञ्ज क्षेत्रका बासिन्दाको सुरक्षा जोखिम बढ्न थालेको निकुञ्जका अधिकारीहरु बताउँछन् ।

    बाँके र बर्दियाका राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि भएसँगै निकुञ्जमा आहाराको कमी भएपछि मध्यवर्ती क्षेत्र हँुदै मानव बस्तीतर्फ बाघ पस्न थालेका छन् । निकुञ्जमा बाघका लागि आवश्यक आहारा नभएपछि आहाराको खोजी गर्दै बाघ मानव बस्तीमा प्रवेश गर्न थालेको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी विष्णु थपलियाले बताउनुभयो ।

    निकुञ्जमा पाटेबाघको सङ्ख्या बढेपछि मानवसँगको द्वन्द्व बढ्न थालेकाले यसको न्यूनीकरणका लागि निकुञ्जले पहल गर्नुपर्ने स्थानीयवासीको माग छ । तर, निकुञ्ज र सम्बन्धित निकायले मानव बस्तीमै पुगेर आक्रमण गर्ने बाघ तथा अन्य वन्यजन्तु नियन्त्रणका लागि उचित व्यवस्थापन गर्न नसक्दा धनजनको जोखिम बढेको हो ।

    बाँके र बर्दियामा बाघले आक्रमण गर्ने क्रम बढेसँगै स्थानीय त्रसित बनेका हुन् । अधिकांशले अनाहकमा ज्यान गुमाइरहेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जभित्र पाटेबाघको आक्रमणमा मङ्गलबार एक माउतेको मृत्य भएको छ । निकुञ्जभित्र गैँडा मचान नजिक पाटेबाघको आक्रमणबाट माउतेको मृत्यु भएको छ । २२ वर्षदेखि हात्तीसारमा करार कर्मचारीको रूपमा कार्यरत बर्दिया ठाकुरबाबा नगरपालिका–७ मोहनपुरका ४५ वर्षीय निकुञ्जका माहुते मङ्गरे थारूको मृत्यु भएको हो । हात्तीका लागि घाँस काट्ने क्रममा पाटेबाघले थारूलाई झम्टेको निकुञ्जले जनाएको छ । बाँके र बर्दियामा पछिल्लो समयमा पाटेबाघको आक्रमण बढेको हो ।

    विसं २०७६ भदौ ५ गते बिहीबार बर्दिया जिल्ला गेरुवा गाउँपालिका–४ मा पाटेबाघले आक्रमण गर्दा सोही स्थानका ५६ वर्षीय रामकली शाहीको मृत्यु भएको थियो । उहाँ घरनजिकै खेतमा घाँस काट्दै गर्दा बाघले आक्रमण गरी घटनास्थलमै मृत्यु भएको थियो । आपसमा जोडिएका बाँके र बर्दिया निकुञ्जको सीमावर्ती क्षेत्रका स्थानीयवासी अहिले त्रसित छन् ।

    यो घटना सेलाउन नपाउँदै बर्दियाकै ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँ खानेपानी ट्याङ्की नजिक २०७६ भदौ ८ गते आइतबार बिहान पाटेबाघले आक्रमण गर्दा सोही स्थान बस्ने स्थानीयवासी ७० वर्षीय पहरिया थारूको मृत्यु भएको थियो । बङ्गुरलाई दाना दिन हिँड्नुभएका थारूलाई बाघले आक्रमण गर्दा उहाँको घटनास्थलमै मृत्यु भएको थियो ।

    त्यस्तै गत माघ २१ गते बर्दियाको बढैयाताल गाउँपालिका–२ मा पाटेबाघले आक्रमण गर्दा स्थानीयवासी ७१ वर्षीय चन्द्रबहादुर शाहीको मृत्य भएको थियो । सोही घटनामा बाघकै आक्रमणमा परी अर्का स्थानीयवासी ३० वर्षीय विजय बुढा सामान्य घाइते भएका थिए । बाघको आक्रमणको घटनाबाट बाँके पनि अछुतो रहेन । बाँकेको खजुरा गाउँपालिका–३ धवलागिरिमा २०७६ जेठ ३ गते सोमबार साँझ तीन जनालाई पाटेबाघले आक्रमण गरेर घाइते बनायो । घाइतेमध्ये ५० वर्षीय दीपबहादुर श्रीष गम्भीर घाइते भएपछि उहाँ नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा उपचारपछि निको भएर घर फर्किनुभएको थियो ।

    बाघको आक्रमण बढेपछि बर्दिया राष्ट्रिय निकुञ्ज र जिल्ला प्रशासन कार्यालय बर्दियाले सबैलाई सजग र सचेत रहन आग्रह गर्दै निकुञ्जको मध्यवर्ती क्षेत्रबाट बाघको खोजी गरी हटाउने कार्य गरिरहेको छ । मानव बस्तीमै पुगेर बाघले आक्रमण गरेका घटना एकपछि अर्को गर्दै दोहोरिन थालेपछि मानव वन्यजन्तु द्वन्द्वको खतरा बढेको पर्यटन व्यवसायी कृष्ण चौधरीको भनाइ छ ।

    ठाकुरबाबा नगरपालिका बर्दियाका लक्ष्मण थारूले भन्नुभयो, “बाघ र अन्य वन्यजन्तु निकुञ्जबाट मानव बस्तीमै प्रवेश गर्न थालेपछि सुरक्षा चुनौती थपिएको छ ।” मानव बस्तीमा बाघ तथा वन्यजन्तु प्रवेश गरेर धनजनको नोक्सानी गरिरहँदासमेत सम्बन्धित निकायले उचित व्यवस्थापनमा चासो नदिएको उहाँको भनाइ छ ।

    “यसरी मानव बस्तीमै पुगेर वन्यजन्तुले आक्रमण गर्दा सोबाट बच्न प्रतिकार गर्दा निकुञ्जले कानून लगाउँछ, पक्रिन्छ, प्रतिकार नगरौँ आफ्नै ज्यान जोखिममा छ”, उहाँले आफ्नो पीडा सुनाउँदै भन्नुभयो । नेपालको कानूनअनुसार वन्यजन्तुको आक्रमणमा परी ज्यान गुमाउने परिवारलाई सरकारले रु १० लाख उपलब्ध गराउने गरेको छ ।

    सरकारी तथ्याङ्कअनुसार बर्दिया राष्ट्रिय निकुञ्ज ८७ र बाँके राष्ट्रिय निकुञ्ज २१ पाटेबाघ छन् । देशमै बाघको संरक्षणमा लागेको सरकार र स्थानीयवासीको सक्रियताले बाघको सङ्ख्या बढे पनि आहाराको कमीले मानव बस्तीमा पुगेर वन्यजन्तुले गर्ने आक्रमण न्यूनीकरणका लागि सरोकारवाला गम्भीर भएर लाग्नुपर्ने स्थानीयवासीको भनाइ छ ।

    Facebook Comments Box

    बाघ
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.