काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अनुशासन आयोगको अध्यक्षमा अमृतकुमार बोहोरा चयन भएका छन्।
आज सोमबार बिहान प्रधामन्त्री निवासमा बसेको पार्टी सचिवालयको बैठकले बोहोरालाई अनुशासन आयोगको अध्यक्ष बनाउने निर्णय गरेको हो।
उनी तत्कालीन नेकपा (एमाले)का अनुशासन आयोगका अध्यक्ष थिए। त्यस्तै अनुशासन आयोगको सचिवमा अशोक रोकायालाई चयन भएका छन्।
सोमबार बसेको बैठकले केन्द्रीय निर्वाचन आयोगको अध्यक्षमा विष्णुपुकार श्रेष्ठ र सचिवमा माधव पौडेल, लेखा परीक्षण आयोगको अध्यक्षमा पुष्प कँडेल र सचिवमा टेकनाथ आचार्यलाई चयन गरेको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए।
त्यस्तै बैठकले केन्द्रीय सल्लाहकारको अध्यक्षमा केशव बडाल र सचिवमा नन्दकुमार थापा तथा ज्येष्ठ कम्युनिस्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाई र सचिवमा गोविन्द ज्ञवाली चयन गरेको छ।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको झण्डै डेढवर्ष पुग्न लाग्दा समेत एकताले अझै पूर्णता पाएको छैन्।