Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Thursday, November 5
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » ७१ देशबाट एकै पटक भ्रमण वर्ष २०२० को सन्देश पठाइँदै

    ७१ देशबाट एकै पटक भ्रमण वर्ष २०२० को सन्देश पठाइँदै

    पहिलोक्लिकपहिलोक्लिकNovember 13, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

    चितवन : भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरेर ठूलो सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्र्याउन विश्वभर प्रचार अभियानमा सरकार जुटेको छ ।

     

    भ्रमण वर्षको सङ्घारमा पर्यटकीय क्षेत्र सौराहामा ७१ देशका संरक्षणकर्मी जुटेका छन् ।

     

    यसैलाई अवसरका रुपमा लिएर सरकारी र गैरसरकारी क्षेत्रबाट यहाँका पर्यटकीय महत्वका बारेमा उनीहरुमार्फत सन्देश पु¥याउने काम भइरहेको छ ।

     

    राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सहायक संरक्षण अधिकृत विष्णु थपलियाले भ्रमण वर्षको पूर्व तयारी भइरहेका बेला भएको यो जमघट निकै महत्वपूर्ण रहेको बताएका छन ।

     

    आज बिहानसम्म ७१ देशबाट ४९१ विदेशी अन्तर्राष्ट्रिय रेन्जर सम्मेलनमा सहभागी भएका उनले जानकारी दिए ।

     

    सबैभन्दा बढी अष्ट्रेलियाबाट ११२ सहभागी छन् । सबै सहभागी प्राकृतिक सम्पदामा काम गर्ने संरक्षण कर्मी रहेका र नेपालको पर्यटन वन तथा वन्यजन्तुमा बढी केन्द्रित हुने भएकाले उनीहरुमार्फत राम्रो सन्देश जाने छ ।

     

    उनीहरुको सामाजिक सञ्जालमार्फत एउटै देशका हजारांै जनतालाई यहाँको पर्यटकीय महत्वका बारेमा सन्देश प्रवाह हुने देखिन्छ ।

    भ्रमण वर्ष तयारी समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले विश्वभरका संरक्षणकर्मीलाई यहाँको पर्यटकीय महत्वका बारेमा जानकारी दिँदै ती देशमा हाम्रो निम्ता पुग्ने बताए ।

     

    नेपालको पहिलो निकुञ्ज चितवन भएको भन्दै उनले वास्तविक यहाँको रमाईलोपन ७१ देशका प्रतिनिधिले एकै साथ पाएको बताए।

    यससँगै आउँदो वर्ष यहाँ आउने पर्यटकको सङ्ख्या बढाउन सकिने डल्लाकोटीले बताए ।

     

    सुनसानसँगै एकाएक विदेशी पर्यटकले भरिएपछि सौराहाका पर्यटन व्यवसायीमा उत्साह बढेको छ ।

    क्षेत्रीय होटल सङ्घ सौराहा च्याप्टरका अध्यक्ष दीपक भट्टराईले सहभागीलाई जति सक्दो धेरै पर्यटकीय महत्वका वस्तु देखाएर ती देशमा सन्देश पठाउन लागिएको बताए ।

     

    सहभागीलाई जङ्गल सफारी, डुङ्गा सयर, सांस्कृतिक कार्यक्रमको प्रस्तुतिकरण गरिँदै छ भने सम्भव भए जतिलाई रातको समयमा मध्यवर्ती वनभित्र निर्माण गरिएका स्तम्भमा राखिँदै छ ।

     

    उनीहरुमार्फत ती सन्देश आ–आफ्ना देशमा पुग्ने छ ।

    रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले संसारभर एकै पटक यहाँको पर्यटकीय महत्वका बारेमा सन्देश पुग्नलागेको बताए ।

     

    आफूले कार्यक्रमको उद्घाटन सत्रमा सबैलाई स्वागत गर्दै आ–आफ्ना देशवासीलाई भ्रमण वर्षको सन्देश पु¥याउन आग्रह गरेको उनले जानकारी दिए ।

     

    उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ्‘प्रचण्ड’ले स्वदेश फर्किएर आफन्त र साथीभाइलाई भ्रमण वर्षको निम्तो पु¥याइदिन आग्रह समेत गरेका थिए ।

     

    भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ विश्व सुवेदीले जिल्लाको पर्यापर्यटनका विषयमा सहभागीले आफ्ना देशमा सामाजिक सञ्जालमार्फत अरुलाई जानकारी दिने हुनाले बिना खर्च विश्वभर राम्रो प्रचार हुन लागेको बताएका छन । यससँगै नेपालमा भ्रमण वर्षमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुने सुवेदीको अपेक्षा छ ।

     

    वन र वन्यजन्तु क्षेत्रका विज्ञको सहभागिता भएको हुनाले उनीहरुमार्फत यहाँको महत्वका बारेमा राम्रो गरी सन्देश जाने देखिएको छ । यहाँ आएका संरक्षणकर्मीले दुर्लभ एक सिङ्गे गैँडा, बाघ, घडियाल गोही जस्ता वन्यजन्तु र चरा अवलोकन गर्ने अवसर पाएका छन् ।

     

    जाडो छल्न विश्वका विभिन्न देशबाट यहाँ आएका चरा उनीहरुका लागि अध्ययन र अवलोकन गर्न निकै महत्वपूर्ण सावित हुने छन् ।

     

    निकुञ्जसँगै सौराहामा रहेको थारु संस्कृति विश्वका जोसुकैका लागि नौलो र महत्वपूर्ण हुने गर्दछ । हिजो मङ्गलबारबाट शुरु भएको रेन्जर सम्मेलन पाँच दिनसम्म चल्नेछ ।

     

    नेपाल सरकार र अन्तर्राष्ट्रिय रेञ्जर फेडरेशनले कार्यक्रमको आयोजना गरेको हो । एशियामा पहिलोपटक यो कार्यक्रमको आयोजना गरिएको हो ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.