काठमाडौँ: सरकारले आजबाट उपरान्त मन्त्रिपरिषदका सम्पूर्ण निर्णय र काम कारवाही स्वचालित प्रणाली अनुसार गर्ने भएको छ ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा स्वचालित प्रणाली मन्त्रिपरिषद् बैठक (Cabinet Automation System) को उद्धघाटन भएसंगै यसको उपचारिक थालनी गरिएको हो ।
बैठकमा प्रधानमन्त्री र सबै मन्त्रीहरुले कागजको सट्टा म्याकबुक प्रयोग गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा नेपालमा पहिलोपटक स्वचालित प्रणालीबाट पेपरलेस मन्त्रिपरिषद बैठक बसेको उनको सचिवालयले जनाएको छ ।
Facebook Comments Box