Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Monday, November 9
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » ताप्केका १७० घरधुरीमा ‘एक घर एक धारा’

    ताप्केका १७० घरधुरीमा ‘एक घर एक धारा’

    पहिलोक्लिकपहिलोक्लिकNovember 16, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    वालिङ:  खानेपानीको समस्यामा अल्झिएका वालिङ–७ ताप्केका १७० घरधुरीमा ‘एक घर एक धारा’ पुगेसँगै स्थानीयवासी हर्षित भएका छन् ।

    खानेपानी तथा चौपायाका लागि गाग्रीमा बोकेर पानीको जोहो गर्नुपर्ने यहाँका स्थानीयवासीलाई पिठ्यूँमा पानी बोक्नुपर्ने बाध्यता हटेर गएको वालिङ–७ का वडाध्यक्ष पाण्डुकुमार थापाले बताउनुभयो । “एक गाग्री पानीका लागि गाउँभन्दा तल रहेको मुहानमा पुग्न कम्तीमा पनि आधा घण्टा समय लाग्ने गरेको थियो”, वडाध्यक्ष थापाले भन्नुभयो, “योजना सम्पन्न भएर सञ्चालनमा आएसँगै बचत भएको समय अन्य काममा लगाउन सकिने भएको छ ।”

    गाउँभन्दा झण्डै १९० मिटर तल रहेको ‘गापुडाँडा’ मुहानबाट पानी विद्युत्को सहाराबाट तानेर गाउँभन्दा माथि रहेको ट्याङ्कीमा सङ्कलन गरी प्रत्येक घरधुरीमा वितरण गरिएको ताप्के खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष ताराबहादुर थापाले बताउनुभयो । विसं २०७५ फागुनबाट निर्माण कार्य शुरु भएको उक्त योजना २०७६ असार मसान्तमा सम्पन्न भई शुक्रबारमात्रै उद्घाटन गरिएको हो ।

    गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जाद्वारा निर्मित ‘ताप्के खानेपानी तथा सरसफाइ आयोजना’ सम्पन्न गर्नका लागि गण्डकी प्रदेश सरकारले रु एक करोड १८ लाख रकम उपलब्ध गराएको थियो । त्यस्तै जनश्रमदान रु ३३ लाख १४ हजार गरी कूल रु एक करोड ५१ लाख १४ हजारको लागतमा निर्माण सम्पन्न भएको खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष थापाले बताउनुभयो ।

    उक्त खानेपानी पाइपमार्फत घरघरमा धारा जडान गरी सञ्चालनमा आएसँगै १७० घरधुरीका एक हजार १०१ जना प्रत्यक्ष लाभान्वित भएको आयोजनाका सचिव लक्ष्मी रानाले बताउनुभयो । खानेपानी योजना मर्मतसम्हार तथा संरक्षणका लागि छुट्टै कोष बनाएर सञ्चालन गरिने आयोजनाका अध्यक्ष थापाले बताउनुभयो ।

    “पिठ्यूँमा डोको बोकेरै पानीका लागि दैनिक चार÷पाँच घण्टा समय बित्ने गरेको थियो”, आयोजनाका सचिव रानाले भन्नुभयो, “अब पानी घर घरमै आएपछि बचत भएको समयलाई उत्पादनसँग जोडेर आय आर्जनतर्फ केन्द्रित हुनेछौँ”, गाउँमा रहेका प्रत्येक घर–घरमा धारा निर्माण भई खानेपानी प्राप्त भएपछि स्थानीयवासी हर्षित छन् ।

    गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले सो आयोजनाको उदघाट्न गर्दै विकासका दृष्टिले पछाडि परेका स्थानलाई प्राथमिकतामा राख्दै योजनाहरु सञ्चालन गरिएको बताउनुभयो ।

    पहुँचवालाहरुको ठाउँमा विकासका योजनाहरु सञ्चालन हुने तर पहुँच नभएका दुर्गम बस्तीहरु झन् अविकसित हुँदै जान नपाओस् भनेर विकासमा सबैको समान पहुँच पु¥याउने दृष्टिले प्रदेश सरकार अगाडि बढेसँगै गाउँगाउँमा विकास लहर देखिन थालेको मन्त्री बस्नेतको दाबी थियो ।

    “जनप्रतिनिधि कहिल्यै शासक हुँदैन, जनताको सेवक भएकाले गाउँगाउँमा रहेका बस्तीहरुका नागरिकको भावना बुझेर योजनाहरु बनाउनुपर्ने छ”, मन्त्री बस्नेतले भन्नुभयो, “प्रदेश सरकारले साढे ३ वर्षमा देखिने खालका कामहरु गर्दै गण्डकी प्रदेशलाई नमूना र उत्कृष्ट प्रदेशका रुपमा स्थापित गर्नेछौँ ।”

    गण्डकी प्रदेश विधायन समिति सभापति मोहन रेग्मीले नागरिकलाई आर्थिक रुपमा समृद्ध बनाउनतर्फ लाग्नुको विकल्प नभएको बताउँदै आर्थिक समृद्धि कामबाट मात्रै सम्भव रहेको बताउनुभयो ।

    वालिङ नगरप्रमुख दिलीपप्रताप खाँणले नगरको विकासका सन्दर्भमा सङ्घीय सरकार र प्रदेश सरकारसँग सहकार्य गर्दै अगाडि बढेको बताउनुभयो । “विकासका लागि राजनीतिभन्दा माथि उठेर लागौँ”, नगर प्रमुख खाँणले भन्नुभयो, “विरोधका लागि मात्रै विरोध होइन विकल्पसहितको विरोध गर्ने पद्धतिको विकास गरौँ ।”

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.