दोलखा–पाँच वर्षदेखि सडक निर्माण सम्पन्न नगरेको भन्दै दोलखामा व्यवसायी र नागरिक समाजले विरोध स्वरुप मानव साङ्ग्लो निकालेका छन ।
आज मंगलबार उनीहरुले दोलखाको सदरमुकाम चरिकोटस्थित मानवसाङ्लो बनाएर सडक तत्काल कालोपत्रे गर्न माग गर्दै दबाबमूलक कार्यक्रम गरेका छन् ।
गत शनिवार ठेकेदार कम्पनी शंकर माली निर्माण सेवाका प्रबन्ध निर्देशक दीपक सापकोटाको तस्वीर सवारीसाधन, बिजुलीका पोल र सार्वजनिक स्थानहरुमा टाँसेर दबाब दिएका थिए ।
जनतालाई सास्ती दिने खाडीचौर(मुडे(चरिकोट सडक निर्माण ठेक्का लिई लथालिङ्ग पारेर शंकर माली निर्माण सेवाका ठेकेदार दीपक सापकोटा लगायतका व्यक्तित्वको बदमासीको विरुद्ध दबाबमूलक कार्यक्रम गरेको दोलखाबाट व्यवसायी भरत श्रेष्ठले जानकारी दिए ।
उनले भने, ‘लामोसाँघु जिरी सडकखण्ड समयमै निर्माण हुन नसक्दा यसको प्रत्यक्ष असर दोलखाका होटल व्यवसायीहरुले भोग्नु परेको छ, आगामी जेठसम्म कालोपत्रे सम्पन्न गरिसक्नुपर्ने हाम्रो माग हो ।’