काठमाडौँः मन्त्री फेरबदलबारे टुंगो लगाउन नेकपा सचिवालय बैठक यतिवेला प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।
मन्त्रिमण्डल पुनर्गठनमा पर्ने मन्त्रीहरुको नाममा बैठकले लालमोहर लगाउने छ ।
साथै पार्टी एकीकरणबारे समेत छलफल हुने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिए ।
आजको बैठकमा अध्यक्षद्धय केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेल, सदस्यहरु रामबहादुर थापा, वामदेव गौतम, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन् ।
बरिष्ठ नेता झलनाथ खनाल र सचिवालय सदस्य ईश्वर पोखरेल भने उपत्यका बाहिर रहेकाले बैठकमा सहभागी भएका छैनन् ।
यसअघि हिजो मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले आज बुधबार मन्त्रिमण्डल हेरफेर गर्ने संकेत गरेका थिए ।
त्यस्तै आज बिहान अध्यक्षद्धय ओली र प्रचण्डबीच मन्त्रिमण्डलमा समावेश गरिने नाम र बाहिरिने नामबारे छलफल भएको थियो ।