Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Tuesday, November 10
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » भारतबाट आउने गैरकानूनी तीन पाँग्रे सवारीलाई रौतहटमा रोक

    भारतबाट आउने गैरकानूनी तीन पाँग्रे सवारीलाई रौतहटमा रोक

    पहिलोक्लिकपहिलोक्लिकNovember 24, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

    रौतहट : सिमावर्ती भारतीय बजार बैरगनियादेखी रौतहट सदरमुकाम गौरसम्म सञ्चालनमा रहेका भारतीय नम्बर प्लेटको तीन पाँग्रे सवारी साधन टेम्पोलाई रोक लगाउन उच्च अदालतले आदेश जारी गरेको छ ।

     

    भन्सार नियम अनुसार कुनै पनि यात्रुबाहक भाडा उठाउने सवारी साधन भन्सार अनुमति नलिएर एक देशबाट अर्को देशमा गुड्न पाउँदैन । तर कानून र नियमलाई लत्याउँदै एक पैसा पनि भन्सार नतिर्ने तर दैनिक रुपमा नेपालमै गुड्ने हजारौं सवारी साधनलाई ट्राफिक प्रहरी, भन्सार तथा राजश्व कार्यालय समेतले कारबाही गर्न नसकेपछि नेपाली व्यवसायीहरुले उच्च अदालत जनकपुरको अस्थायी इजलाश वीरगञ्जमा दायर गरेको निषेधाज्ञा युक्त परमादेश मुद्दाको सुनवाइ गर्दै अदालतले अवैध भारतीय टेम्पुहरुलाई गुड्न बन्देज लगाएको हो ।

     

    एक दशक अघिदेखी यसरी गैर कानूनी रुपमा भारतीय टेम्पो नेपालमा सञ्चालन हुँदै आएका छन ।

     

    नेपाली व्यवसायीको तर्फबाट वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ लक्ष्मी मोटर्स प्रालिको प्रोपराइटर अरुण कुश्वाहाले जिल्ला प्रशासन कार्यालय रौतहट गौरलाई विपक्षी बनाएर उच्च अदालत जनकपुरको अस्थायी इजलाश वीरगञ्जमा अन्तरिम आदेशको लागि मंसिर ३ गते रिट दायर गरेका थिए ।

     

    निषेधाज्ञा परमादेशको लागि दायर गरिएको मुद्दा नम्वर ०७६–डब्लु ओ–०१४२ माथि उच्च अदालत जनकपुरको अस्थायी इजलाशको न्यायाधिशद्धय सत्यमोहन जोशी थारु र बीरबहादुर डाँगीको संयुक्त इजलाशले भारतीय नम्बरका टेम्पो व्यवसायी प्रयोजनमा सञ्चालन गर्न रोक लगाउने आदेश दिएको हो ।

     

    विदेशी नम्वर प्लेटको टेम्पुहरुलाई व्यवसायीक रुपमा चलाउन यातायात व्यवस्था ऐन, २०४९ बमोजिम रोक लगाउने विषयमा जिल्ला प्रशासन कार्यालय रौतहटबाट २०७५ पौष ३ गतेमा सूचना प्रकाशित गरिए अनुसार र आर्थिक ऐन २०७६ को अनुसूची १ को दफा १२ को उपदफा (ख) बमोजिम बाहेकको अवस्थामा विदेशी (भारतीय) नम्वर प्लेटका टेम्पुहरुलाई नेपाल सहर (गौर) मा सञ्चालन गर्न, रात्री पार्किग गर्न गराउन नदिनु भनि विपक्षीहरुको नाममा उच्च अदालत नियमावली २०७३ को नियम ४२९१० बमोजिम अन्तरिम आदेश जारी भएको छ ।

     

     

    उच्च अदालतको आदेश जारी भएपछि गौरमा रहेका नेपाली नम्बर प्लेटका टेम्पु व्यवसायीहरुमा खुशी भए पनि स्थानीय प्रशासनले सो आदेश कार्यान्वयन गर्ने नगर्नेमा आशंका व्यक्त गरेका छन् ।

     

     

    महङ्गोमा नेपाली नम्बरको टेम्पु खरिद गरेर आफ्नै भूमीमा व्यवसाय गर्न खोज्दा पनि भारतीय नम्बरका सवारी साधनका कारण आफूहरु समस्यामा परेको नेपाली टेम्पु व्यवसायी लालबाबु पटेलले बताए ।

     

     

    प्रमुख जिल्ला अधिकारी किरण थापाले रौतहट जिल्लामा यातायात नियमावलीको उल्लंघन गरेर टेम्पु, इ–रिक्सा र भारतीय नम्वरको सवारी साधनहरु गुडीरहँदा ठूलो चुनौती रहेको बताउँदै उच्च अदालतबाट आएको आदेशलाई कार्यान्वयन गर्न तथा जवाफ दिन अध्ययन कार्य भइरहेको बताए ।

     

     

    यहाँको समस्याहरु समाधान गर्न समितिहरु गठन गरिए पनि पूर्ण रुपमा भारतीय सवारी साधन माथि रोक लगाउन राजनीतिक दलहरुको सहयोग आवश्यक रहेको उनले बताए् ।

     

     

    भारतीय सवारी साधनका कारण ठूलो सुरक्षा चुनौतीको सामना गरिरहेको प्रशसानका लागि उच्च अदालतको आदेशले राहत मिल्ने विश्वास गरिएको छ ।

     

    भारतीय नम्बरका मोटरसाइकलको प्रयोग गरेर केही दिनअघि रौतहटको मठिया प्रहरी चौकीमै बम आक्रमण समेत भएको थियो ।

     

     

    अवैध रुपमा गुड्ने भारतीय नम्बरका सवारी साधनका कारण तस्करी तथा अपराधका घटना रौतहटमा हुने गरेको छ ।

     

    नियमनकारी निकायले चासो नदिएपछि रौतहटका अधिकाश क्षेत्रहरुमा गैरकानूनी रुपमा भारतीय सवारी साधनहरु प्रयोग भइरहेका छन् ।

     

    भारतीय सिमानादेखी ३५ किलोमिटरभित्र नेपाली क्षेत्रसम्म भारतीय नम्बर प्लेटका मोटरसाइकल तथा गाडीहरु निर्वाध रुपमा कुदिरहेका छन् ।

    Facebook Comments Box

    गैरकानूनी तीन पाँग्रे सवारीलाई रौतहटमा रोक
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.