काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावको प्रभावले आज देशभरको मौसममा बदली आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विभागका अनुसार आज मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ भने सुदूर–पश्चिमका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
यसैगरी उच्च पहाडी क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ ।
यस्तै मंगलबार राति देशभर आंशिकदेखि सामान्य बदली रहने मौसमविदले जनाएका छन् ।
सुदूर–पश्चिमका पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । राति पनि हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ ।
त्यस्तै भोली मंसिर ११ गते बुधबार दिउँसो देशको पश्चिमी भूभागमा सामान्य वदली रही मध्य तथा पुर्वी भूभागमा आंशिक वदली रहनेछ ।
पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षा र हिमाली भुभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहनेछ ।
राति देशको पश्चिमी भूभागमा सामान्य वदली रही मध्य तथा पुर्वी पहाडी भूभागमा आंशिक वदली रहने र बाँकी भुभागमा मौसम सामान्यतया सफा रहनेछ ।
पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षा र हिमाली भुभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहनेछ ।
पर्सी बिहिबार दिउँसो देशैभर आंसिक देखि सामान्य बदलि रहनेछ ।
पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षा र हिमाली भुभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहनेछ ।
राति देशैभर आंसिक देखि सामान्य बदलि रहनेछ ्र पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षा र हिमाली भुभागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहनेछ ।