काठमाडौँ: वरिष्ठ पत्रकार तथा राष्ट्रिय सूचना आयोगका संस्थापक अध्यक्ष विनयकुरमार कसजूको निधन भएको छ ।
निमोनिया, उच्च रक्तचाप र मधुमेहजस्ता रोगबाट पीडित कसजूको उपचारको क्रममा राजधानीको मेडिसिटी अस्पतालमा मंगलबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
पाल्पाको तानसेनमा जन्मिएका उनी राष्ट्रिय सूचना आयोगका संस्थापक अध्यक्ष समेत हुन् ।
कसजूले राष्ट्रिय समाचार समितिको बोर्ड सदस्य, अधिकार आयोग र इन्सेकको सल्लाहकारका रूपमा समेत सेवा गरेका थिए।
Facebook Comments Box