काठमाडौं : राष्ट्रिय गौरब र प्राथमिकताका योजनामा गम्भीर भएर काम गर्न उर्जा; जलश्रोत, तथा सिंचाईमन्त्री बर्षमान पुनले निर्देशन दिएका छन् । राज्य र सरकारको कार्यशैलीमा परिवर्तन आएकाले तेही अनुसार काम गर्न पनि उनले सबैको ध्यानाकर्षण गरेका छन् ।
सिंघदरवारस्थित उर्जामंत्रालयमा भएको ०७६/७७ को प्रथम चौमासिक प्रगति समिक्षा एवं राष्ट्रिय विकास समस्या समाधान समितिको हिजोको बैठकमा बोल्दै मन्त्री पुनले कार्यसम्पादन सम्झौता अनुसार काम गरेको नपाइएमा जिम्मेवारी बाट हटाउने चेताउनी समेत दिए ।
अरुलाई दोष दिएर आफु उम्कन खोज्ने प्रबिधिको अन्त्य गर्नुपर्नेमा जोड दिदै समस्याको समाधान नेतृत्व आफैले गर्नुपर्ने मन्त्री पुनको धरणा रहेको छ।
बजेटमा एउटा उल्लेख भएको र काम गर्दै जादा त्यसलाई बेवास्ता गर्ने देखिएको भन्दै लक्ष्यभन्दा बाहिर गएर काम नगर्न समेत उनले चेतावनी दिएका छन्।