काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराते कुमुतेमा अनुपमा मगरले आज बुधबार स्वर्ण पदक जितेकी छन।
उनले ६८ केजी तौल समूहको फाइनलमा पाकिस्तानकी नर्गिसलाई ६–३ ले हराउँदै स्वर्ण पदक पक्का गरेकी हुने ।
नर्गिस इन्डोनेसियामा गत वर्ष भएको एसियाली खेलकुदकी कास्य पदक विजेता हुन् । उनले अर्की नेपाली खेलाडी रिता कार्कीलाई हराएर कास्य जितेकी थिइन् ।
त्यसअघि अनुपमाले श्रीलंकाकी विजेकुन माथिमोहमदमाथि ७–४ को जितका साथ अन्तिम दुईको यात्रा तय गरेकी थिइन् ।
यो संगैं करातेमा नेपालको स्वर्ण पदक संख्या १० पुगेको छ ।
करातेमा नेपाल अहिले सम्म कुनै पनि इभेन्टमा पदक विहिन भएको छैन । करातेका अब ३ इभेन्ट बाँकी छन् ।